शुक्रबार, जेठ १९, २०८०
  • गृहपृष्ठ
  • समाज
  • हतियार खरिद गर्ने निर्णयविरुद्ध युवासंघ, बानेश्‍वरमा मसाल जुलुस

हतियार खरिद गर्ने निर्णयविरुद्ध युवासंघ, बानेश्‍वरमा मसाल जुलुस

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि नेपाल प्रहरीका लागि हतियार किन्‍ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ। कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्‍ने योजना ल्याएको एमालेको आशंका छ।
 |  मंगलबार, असार २८, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, असार २८, २०७९

काठमाडौं- नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयको  विरोध गर्दै नेकपा एमालेको भ्रातृसंगठन युवासंघले मंगलबार विरोध गरेको छ। युवासंघले मंगलबार साँझ नयाँ बानेश्‍वरमा मसाल जुलुस निकाल्दै हतियार खरिद गर्ने निर्णयको विरोध गरेको हो। 

Everest Bank

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि नेपाल प्रहरीका लागि हतियार किन्‍ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ। कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्‍ने योजना ल्याएको एमालेको आशंका छ। 

नेपाल प्रहरीले भने विगत ७ वर्षदेखि हतियार खरिद नगरेका कारण हतियार अभाव भएकोले खरिद गर्न लागिएको स्पष्ट पारिसकेको छ। 


 

National life insurance
Metro Mart



प्रकाशित: Jul 12, 2022| 07:16. 25 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्