शनिबार, पुस १२, २०८२

आईपीएलमा हैदरावादले हरायो बैंग्लोरलाई

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

जारी आईपीएलमा रोयल च्यालेनञ्जर्स बैंग्लोरले लगातार सात हारपछि पहिलो पटक जित निकालेको छ। गएराति सनराइजर्स हैदरावादलाई पराजित गर्दै बैंग्लोरले लगातारको हारको शृंखला तोडेको हो।

National life

घरेलु मैदानमा बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ३५ रनको जित निकाल्यो। २०७ रनको लक्ष्य पाएको खेलमा हैदरावादले ८ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो।

त्यस क्रममा शहबाज अहमदले नट आउट ४० रन बनाए। ३७ बलमा उनले १ चौका र १ छक्का मात्रै प्रहार गरे। त्यस्तै कप्तान प्याट कमिन्सले र ओपनर अभिशेक शर्माले ३१/३१ रन बनाए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले ७ विकेट गुमाएर २०६ रनको योगफल तयार पारेको थियो। त्यस क्रममा ओपनर विराट कोहली र रजत पाटीदारले अर्धशतक प्रहार गरे।

गएरातिको खेलमा जित हासिल गरेको बैंग्लोर अंक तालिकाको पुछारमा छ। पराजित भएको हैदरावाद तेस्रो स्थानमा छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2024| 07:45 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्