बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित

च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन्। त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन्।

बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ। बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन्। त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए।

त्यस्तै, क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले हराएको छ। इन्टरका लागि लाउटारो मार्टिनेजले दुई तथा एन्जे-योआन बोनीले एक गोल गरेका छन्। क्लब ब्रुगेसका निकोलो ट्रेसोल्डीले तीन तथा रोमियो भर्मान्टले एक गोल गरेका छन्।

त्यसैगरी, आर्सनलले लिललाई ३–० गोलले पराजित गरेको छ। आर्सनलका जुरीएन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका छन्। त्यस्तै, एट्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ। एट्लेटिकोका लागि पाब्लो बारियोस र एडेमोला लुकम्यानले गोल गरेका थिए। अर्को खेलमा बायर्न म्युनिख र भाइकिङबीचको खेल ३–३ गोलको बराबरीमा रोकिएका छन्। बायर्नका लागि ह्यारी केनले दुई तथा लुइस डियाजले एक गोल गरेका थिए। भाइकिङका लागि गियानी स्टेन्सनेस, क्रिस्टियनसेन र जोहान हाउगेनले गोल गरेका थिए।

त्यस्तै, भिल्लारियलले नापोलीलाई ३–१ गोलले पराजित गरेको छ। भिल्लारियलका लागि जर्जेस मिकाउताद्जे, सान्टियागो मौरिनो र तानितोलुवा ओलुसेयीले गोल गरेका थिए भने नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए।

त्यसैगरी आरबी लाइपजिगले पीएसभी आइन्डहोभनलाई १–० गोलले पराजित गरेको छ। लाइपजिगका ब्रायन ग्रुडाले निर्णायक गोल गरेका थिए। त्यस्तै, स्पोर्टिङ सिपीले लेन्सलाई २–० गोलले हराएको छ। स्पोर्टिङका लागि लुइस स्वारेज र इस्सा डुम्बियाले गोल गरेका छन्। त्यस्तै, सबाहले स्लाभिया प्रागलाई २–० गोलले पराजित गरेको छ। सबाहका काहिम पेरिस र जोय-लान्स मिकेल्सले गोल गरेका थिए।

दोस्रो चरणका बाँकी खेल आजराती हुने तालिका छ।

प्रकाशित: Oct 14, 2026| 07:32 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्