शनिबार, पुस १२, २०८२

वाइवाइ चाउचाउलाई दुई लाख जरिवाना 

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपक्षी विभागले जरिवाना गराएको हो। 

National life

बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ को दफा २९ को खण्ड ‘घ’बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’बमोजिम जरिवाना गरेको हो। कम्पनीलाई सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ।

महानगरपालिकाको वडा ६, सरस्वती नगरको किराना पसलबाट २ वैशाखमा चाउचाउ जफत गरिएको थियो र परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। 

परीक्षणमा कैफियत भेटिएपछि महानगरले कारबाही गरेको हो।

प्रकाशित: Apr 26, 2024| 07:23 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्