सोमबार, जेठ २६, २०८२

अफताब आलमलाई जन्मकैदको सजाय

 |  बिहीबार, वैशाख १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

vianetvianet

काठमाडौं- जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनी दोषी ठहरिएका हुन्।

अदालतले आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ। 

यसैगरी शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला भएको छ। घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ।

National life insurance

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए।

थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। त्यसयता उनी नख्खु कारागारमा छन्।

प्रकाशित: Apr 25, 2024| 19:20 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्