मंगलबार, भदौ ९, २०८३

इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्‍ने चेतावनी

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं- इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले इन्टरनेट अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो।

करिब १ वर्षकको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथको पैसा पठाउन सरकारले अवरोध गरेको भन्‍दै इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइएसपानका अध्यक्ष सुधीर पराजुलीले बताए। उनले भने, 'अहिले इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन। उताबाट पैसा किन नपठाएको भन्‍दै पत्र आइसकेको छ। ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ।’

अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ। अध्यक्ष पराजुलीले भने, ‘हामीलाई आयकर, रोयल्टीलगायत करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं। यसको जिम्मा अब सरकारले लिनुपर्छ।’

प्रकाशित: Apr 25, 2024| 19:52 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्