बुधबार, जेठ २७, २०८३

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

शुक्रबार राति मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो।
 |  शनिबार, असार ११, २०७९

रासस

रासस

शनिबार, असार ११, २०७९
National life
Shivam cement

काठमाडौं- शुक्रबार राति मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो। 

बाढीको त्रासले  मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन्। 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। अस्थायी पुल बाढीले बगाएसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन्।

प्रकाशित: Jun 25, 2022| 08:19 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।