सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • घाँस काट्न सँगै जंगल गए, श्रीमतीको हत्या गरी प्रहरीकोमा पुगे

घाँस काट्न सँगै जंगल गए, श्रीमतीको हत्या गरी प्रहरीकोमा पुगे

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्।
 |  शनिबार, असार ११, २०७९
nespernesper

रासस

रासस

शनिबार, असार ११, २०७९

vianetvianet

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। 

triton college

शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैं इलाका प्रहरी कार्यालय गएका थिए।

हत्याको कारण खुलेको छैन। प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ। 

प्रकाशित: Jun 25, 2022| 07:05 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।