मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ८५ हजार ३५० पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ८५ हजार ३५० पुग्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

रासस

रासस

शुक्रबार, पुस ३०, २०७८

kumari

काठमाडौं– भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ। 

सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जनाएको छ। भारतमा पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित छन्। सक्रिय संक्रमितको संख्या १२ लाख ७२ हजार ७३ छ। 

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना संक्रमण निको भएको छ। 

प्रकाशित: Jan 14, 2022| 14:49 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।