आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीमाथि चर्को दबाब, रोकिएला त डा. अनुप बास्तोलाको सरुवा?

मन्त्रीमाथि चर्को दबाब, रोकिएला त डा. अनुप बास्तोलाको सरुवा?

स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्।
 |  सोमबार, मंसिर १३, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, मंसिर १३, २०७८

vianetvianet

काठमाडौं– स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्। अस्पतालमा सुधारको काम गरेर चर्चा कमाएका बास्तोलालाई सरुवा गर्ने निर्णय भएपछि कर्मचारी असन्तुष्ट छन्। साेही कारण मन्त्री खतिवडाले बास्तोलाको सरुवा राेक्न लागेको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

triton college

ती अधिकारीले भने, ‘बास्तोलालगायत अन्य कर्मचारीको सरुवाको निर्णय भइसकेको छ। सम्भवतः आजै सबै कर्मचारीले नियुक्तिपत्र बुझ्नेछन्। चौतर्फी विरोध भएपछि बास्तोलाको सन्दर्भमा भने निर्णय रोकिने सम्भावना बढेको छ।’

अस्पतालभित्र हुने खरिदमा पारदर्शिता देखाउँदा त्यहाँका केही कर्मचारी रुष्ट भएका कारण उनलाई सरुवा गर्न मन्त्रीमाथि दबाब परेको थियो। अस्पतालका एक कर्मचारीले भने, 'डा. बास्तोलाले अस्पताल सुधारका योजना र कामलाई अघि बढाएकाले राजनीति गर्ने केही कर्मचारी उनीप्रति असन्तुष्ट बनेका छन्। बास्तोलाले त्यस्ता कर्मचारीको स्वार्थ पूर्ति हुने गरी काम नगरेका कारण उनी असन्तुष्ट बनेका हुन्।'

कोरोना महामारीमा उत्कृष्ट काम गर्नेमा गनिन्थे डा. बास्तोला। तर, स्वास्थ्यमन्त्रीले तीनै बास्तोलालाई सरुवा गर्ने निर्णय गरेपछि मन्त्रालयका कर्मचारीले  विरोध गर्न थालेका छन्।  डा. बास्तोलाले माइक्रोम्यानेजमेन्टलाई पनि आफैंले सम्हालेकाले अस्पतालका केही कर्मचारी रुष्ट भएको र तिनैको दबाबमा मन्त्री खतिवडाले सरुवाको निर्णय गरेको स्रोतले बतायो।राष्ट्रपतिबाट पाउने पदकका लागि केही कर्मचारीको नाम सिफारिस नगरेका कारण पनि केही कर्मचारी डा. अनुपप्रति  सन्तुष्ट छैनन्।

'उनीहरूको राजनीतिक पहुँच पनि ठूलै छ,’ अस्पतालका ती कर्मचारी भन्छन्, 'उहाँ (बास्तोला)को विषयमा मन्त्रीलाई गलत रिपोर्टिङ गरिएको हुनुपर्छ।’
'उनीहरूको राजनीतिक पहुँच पनि ठूलै छ,’ अस्पतालका ती कर्मचारी भन्छन्, 'उहाँ (बास्तोला)को विषयमा मन्त्रीलाई गलत रिपोर्टिङ गरिएको हुनुपर्छ।’ बास्तोला निर्देशक भएपछि केही कर्मचारीको सरुवा मन्त्रालयमा गरेका थिए। तर, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्रालयबाट हटेपछि ती कर्मचारी पुनः अस्पतालमा फिर्ता भएका छन्। तिनै कर्मचारीको दबाबमा मन्त्री खतिवडाले सरुवाको निर्णय गरेको बताइएको छ।  

अर्का कर्मचारीले पनि बास्तोलाले अस्पतालमा थुप्रै सुधारका कामको थालनी गरेको बताएका छन्। ती कर्मचारी भन्छन्, 'डा. अनुपले अस्पतालको सुधारको लागि काम सुरु गरिसकेका थिए। ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्यास, स्टोर, आइसियु बेड, क्वाटर, ३०० शय्याको सरुवारोग अस्पताल निर्माणलगायत क्षेत्रमा काम अगाडि बढाएका थिए। तर,  मन्त्रालयसँग समन्वय नहुँदा पनि यो समस्या आएको हो जस्तो लाग्छ।’

National life insurance

डा. बास्तोला कोभिडको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा सक्रिय छन्। पहिलो र दोस्रो लहरमा निरन्तर संक्रमितको सेवा सक्रिय र टेकु अस्पतालकै सुधारमा लागेका छन्। स्वास्थ्य मन्त्रीले  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रालाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् भने उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहीन बनाइन लागिएको छ। 

प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ। यसैगरी, मन्त्रालयकै अर्को महत्त्वपूर्ण महाशाखा नीति, योजना तथा अनुगमन महाशाखामा डा. तारा पोखरेललाई दिन लागिएको छ। डा. पोखरेल हाल सार्क क्षयरोग केन्द्रमा छन्।

प्रकाशित: Nov 29, 2021| 10:24 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।