शनिबार, मंसिर ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने

Siddartha premir insuranceSiddartha premir insurance

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने

फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने घोषणा गरेको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८
nespernesper

बीबीसी

बीबीसी

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं– फेसबुकले मानिसको तस्बिर र भिडिओमा अनुहार चिन्न प्रयोग गरिएको सफ्टवेयर नचलाउने घोषणा गरेको छ। सो प्रविधिको प्रयोग हुँदा गोपनीयता, जातिगत पूर्वाग्रह तथा प्रविधिको यथार्थपरकताप्रति गम्भीर प्रश्न उठेपछि फेसबुकले यस्तो निर्णय गरेको हो। यद्यपि अनुहार चिन्ने प्रविधिको प्रयोग कति नीतिसंगत छ भन्ने विषयमा बहस जारी छ। 

triton college

त्यो प्रविधि चलाउँदा प्रयोगकर्तामा पर्ने प्रभावका कारण फेसबुकको चर्को आलोचना हुने गरेको छ। फेसबुकका अनुसार नियामक निकायहरूले उक्त प्रविधि कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा स्पष्ट नियम बनाएका छैनन्। फेसबुकको आर्टिफिसल इन्टेलिजन्स हेर्ने उपाध्यक्ष ज्रोम प्रेजेन्टीले ब्लगमा लेखेका छन्, ‘विद्यमान अन्योलका बीच अनुहार चिन्ने प्रविधिको प्रयोग सीमित रूपमा गर्नु उचित हुन्छ भन्ने हामीलाई लाग्छ।’

सन् २०१९ मा अमेरिकामा गरिएको एउटा अध्ययनअनुसार फेसबुकले प्रयोग गरेको एल्गोरिदम कोकेजन मूलका मानिसको अनुहारको तुलनामा अफ्रिकी–अमेरिकी र एसियाली मूलका मानिसको अनुहार चिन्न धेरै कम सक्षम थियो।

अफ्रिकी–अमेरिकी महिलालाई अर्कै व्यक्तिका रूपमा चिन्ने सम्भावना बढी भएको नेसनल इन्स्टिट्युट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलोजीको अध्ययनले देखाएको थियो। 

प्रकाशित: Nov 04, 2021| 16:38 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्