शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ [नौ तस्बिरमा]

जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ [नौ तस्बिरमा]

च्याङ्ग्राको मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने भएको छ। दसैंका लागि राजधानीमा ल्याइएको च्याङ्ग्रा जिउँदोको १३ सय रुपैयाँमा कारोबार भइरहेको चौपाया खरिदबिक्री संघ, कलंकीका अध्यक्ष दीपक थापाले बताए।
 |  शुक्रबार, असोज २२, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– च्याङ्ग्राको मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने भएको छ। दसैंका लागि राजधानीमा ल्याइएको च्याङ्ग्रा जिउँदोको १३ सय रुपैयाँमा कारोबार भइरहेको  चौपाया खरिदबिक्री संघ, कलंकीका अध्यक्ष दीपक थापाले बताए।

National life

उनले भने, ‘जिउँदोको प्रतिकेजी १३ सय रुपैयाँ छ। काटेर बेच्दा प्रतिकेजी २७ सय रुपैयाँ हुन जान्छ।’ यस पटक चीनबाट आयात नभएकाले च्याङ्ग्राको मूल्य गत वर्षभन्दा दोब्बर हुन पुगेको थापाको भनाइ छ। राजधानी ल्याइएका च्याङ्ग्रा भक्तपुरको सल्लाघारमा खरिदबिक्री भइरहेको छ। 

यस्तै खसीको आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको छ। कुखुराको मासु प्रतिकिलो ३०० तथा राँगा र बङ्गुरको मासु पाँचरपाँच सय तोकिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ। 

थापाका अनुसार अनुसार गत वर्षको तुलनामा यस वर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याएका छन्। गत वर्ष उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ।


Laxmi sunrise bank
kumari




 


प्रकाशित: Oct 08, 2021| 14:12 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्