सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

Siddartha premir insuranceSiddartha premir insurance

डोजरे विकासले हिमाली गाउँपालिकाका दुई गाउँ भासिए, अध्यक्ष भन्छन्– हामीलाई बचाउनुस्

बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुर्ई बस्ती भासिँदा १३७ परिवारको उठीबास भएको २० दिन बितिसकेको छ। घर भासिएपछि दुई गाउँका स्थानीय करिब एक घण्टा टाढाको जोरगाउँ जंगलमा बसिरहेका छन्।
 |  शुक्रबार, असार २५, २०७८

अंगद सिंह

अंगद सिंह

शुक्रबार, असार २५, २०७८

ntc landingntc landing

काठमाडौं– बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुर्ई बस्ती भासिँदा १३७ परिवारको उठीबास भएको २० दिन बितिसकेको छ। घर भासिएपछि दुई गाउँका स्थानीय करिब एक घण्टा टाढाको जोरगाउँ जंगलमा बसिरहेका छन्।

himalayan bank box

घरबारविहीन भएका उनीहरु कोही ओढारमा, कोही त्रिपालमा त कोही खर्कमा बस्न बाध्य भएका छन्। हिमाली गाउँपालिका वडा नम्बर ४ फैतीका ४० र वडा नम्बर ५ क्युडीका ९७ परिवारको बिचल्ली भएको हो। गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले दुई गाउँ पूरैै भासिँदा खाद्यान्नको अभाव भएको बताए। ‘एकातिर बाढीले बगाउँदै छ, अर्कोतिर पहिरोले दुःख दिँदैछ। सयौं घर विस्थापन हुँदा निकै समस्या भएकोे छ। कसैले सहयोग गरिदिए हुन्थ्यो,’ उनले भने।

हिमाली गाउँपालिका सबैभन्दा दुर्गम भएकाले राहतका लागि पनि निकै समस्या भएको उनको गुनासो छ। विस्थापित भएर जंंगलमा बसेका परिवारलाई पानी र खाद्यान्नकोे अभाव छ। जंगलमा शौचालय नहुने भएकाले खुला स्थानमा दिसापिसाब गर्दा रोग फैलिने खतरा उत्तिकै छ। बाढीपहिरोका कारण बाहिरबाट सामान मगाउनसमेत समस्या भएकाले गाउँपालिकाले सबैलाई पाल दिन पनि नसकेको अध्यक्ष मल्लले बताए।

खाद्यान्न अभाव भएपछि जिल्ला प्रशासन कार्यालयसँगकोे समन्वयमा गाउँपालिकाले स्थानीयलाई दाल र चामल सहयोग गरेको भए पनि त्यो सबैले पाएका छैनन्। 

गाउँपालिका अध्यक्ष मल्लका अनुसार फैती र क्युडीका बस्ती गत वर्ष पनि जोखिममै थिए। तरपनि बस्ती स्थानान्तरण गर्न नसकिएको मल्लले स्वीकार गरे। ‘गाउँपालिका विपत्तिमा छ, सक्नेले सहयोग गरौं।’

एकातिर गाउँको तल रहेको धौलीगाड खोलाले जमिन काटिरहेको छ भने अर्कोतिर पहिरो गइरहेकोे छ। गाउँभन्दा करिब १० मिटर तल सडक खनिएको छ। मल्लका अनुसार बिना कुनै सुरक्षा मापदण्ड सडक खनिएपछि गाउँ भासिएको हो र पहिरो जाने क्रम बढेको हो।

‘सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गतकोे योेजनाले बाटोे निर्माण गरिएकोे सुनिएको छ,’ अध्यक्ष मल्लले भने, ‘योजना कहिले नापी भयो, कहिले आयो हामीलाई कुनै जानकारी छैन।’

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल

हिमाली गाउँपालिका–४ का अध्यक्ष रमेश विकले गाउँ नै विस्थापित हुँदा व्यवस्थापनमा निकै समस्या भएको गुनासोे गरे। ‘पूरै जमिन भासिएर घर चिराचिरा परेका छन्। पाल टाँगेर बस्न पनि पाल छैन। जंगलको जाडोे र पानी खाएर रात बिताउनु परिरहेको छ,’ उनले भने।

वडा नम्बर ४ मा ३७ घरधुरी छन्। घरमा बस्न नमिलेका कारण उनीहरु केहीलाई फैतीको शैलेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ केही आफन्तको शरणमा पुगेका छन्।

पहिलेदेखि नै गरिबी र भोकमरीको चपेटामा रहेको बस्तीमा पहिरो जाँदा स्थानीयको उठिबास लागेको वडाध्यक्ष विक बताउँछन्। ‘भौगोलिक विकटता र गरिबी छँदै थियो, अब त न घर रह्यो न खेतबारी,’ विकले भने। प्रदेश सरकारले स्थानीय प्रतिनिधिसँग समन्वय नगरी सडक खन्दा यस्तो परिणाम बेहोर्नुपरेको अध्यक्ष मल्लको भनाइ छ।

‘विकास निर्माणका काम गर्दा स्थानीय प्रतिनिधिसँग कुनै समन्वय गर्दैनन्। परिणाम हामीले भोग्नुपरेको छ,’ उनले भने, ‘जंगलमा बस्नुपरेको छ, शौचालय छै्रन।  भोकसँगै रोग पनि फैलिन्छ अनि झन् समस्या आउँछ। सकिन्छ भने हामीलाई सहयोग गर्नुस्, रोेग–भोकबाट बचाइदिनुस्।’

फैतीमा रहेका ३७ घरमध्ये एउटा पूरैै भत्किएकोे छ भने ३६ वटा बस्न नमिल्ने गरी भासिएका छन्। वडा नम्बर ५ पनि एक घर भत्किएको छ भने ९५ घर चिराचिरा परेका छन्। बस्ती भासिँदा फैती र क्युडीका गरी करिब ५ सय जना जंगलमा बस्न बाध्य भएका छन्। गाउँपालिका अध्यक्ष मल्लले गाउँपालिकाले सहयोेग मागेर बस्ती सुरक्षित स्थानतर्फ सार्नेबारे विचार गरिरहेको बताए। बस्ती सार्नका लागि सुरक्षित स्थानकोे खोजी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Jul 09, 2021| 11:39 शुक्रबार, असार २५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।