शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खोप लगाउन जाँदा वडाध्यक्षको हप्कीदप्की– खोप चाहिए केपी ओलीलाई भन्नू

खोप लगाउन जाँदा वडाध्यक्षको हप्कीदप्की– खोप चाहिए केपी ओलीलाई भन्नू

कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोेस्रो डोज लगाउन मंगलबार बिहान सात बजेदेखि लाइनमा लागेका रुद्रप्रसाद गुरागाईंको पालो दिउँसो दुई बजेसम्म पनि आएको थिएन। 
 |  मंगलबार, असार २२, २०७८

अंगद सिंह

अंगद सिंह

मंगलबार, असार २२, २०७८

काठमाडौं– कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोेस्रो डोज लगाउन मंगलबार बिहान सात बजेदेखि लाइनमा लागेका रुद्रप्रसाद गुरागाईंको पालो दिउँसो दुई बजेसम्म पनि आएको थिएन। 

triton college

बूढो र कमजोेर शरीरले धेरैबेर घामपानी सहन सक्दैन। तर, के गर्नु खोपको कुरा जो छ। कोरोनाबाट बचाउने मुख्य अस्त्र नै खोप हो भन्छन् जान्नेहरु। त्यसैले त सिभिल अस्पतालको प्रांगणमा टाँगिएको निलो पालमा आँखा सोझ्याएर धैर्यपूर्वक लाइनमा बसेका छन् रुद्रप्रसाद।

६ घण्टाभन्दा बढी लाइन लागे पनि खोप पाउने निश्चित छैन। ‘बूढोे शरीर थाकिसक्यो, पालोे कतिखेर आउने हो, खोप पाइने हो कि होइन। कोरोेना अझै आउँछ भन्ने हल्ला छ, खोप लगाए बाँचिन्थ्यो कि,’ श्रीमतीलाई पनि खोपाउन लिएर आएका रुद्रप्रसादले निराश मुद्रामा भने। 

उनीहरु बिहान सात बजे सिभिल अस्पताल आइपुग्दा कैयौं मानिस लाइन लागिसकेका थिए। ‘हतारमा हिँड्दा छाता बोक्न पनि भुलिएछ, घामले असिनपसिन बनायो। लाइनमा छोडुँ भने पालो नआउला भन्ने डर, बसौं भने ढलिएला भन्ने पिर,’ रुद्रप्रसादले दुःख पोखे।

corrent noodles
Metro Mart

रुद्रप्रसादजस्ता सयौं सर्वसाधारण चर्को घाममा खोपका लागि प्रतीक्षारत छन्। भेरोसेलको पहिलो डोज वडा कार्यालयमा लगाएका थिए रुद्रप्रसादले। अहिले वडाले अस्पताल नै जानू भनेपछि उनले यो दुःख बेसाउनु परेको हो। पहिलोे चरणको खोप सजिलैसँग आफ्नै वडामा लगाएका रुद्रप्रसादले दोस्रो डोजका लागि घण्टौं लाइनमा बस्नुपर्ला भन्ने सोचेका थिएनन्।

‘सरकारले खोप ल्यायोे भन्छन् तर यहाँ खोप पाउन कति दुःख छ,’ उनले गुनासो गरे, ‘एक चरण ल्याएको खोप सकिसक्यो रे। अब कतिबेला आउने हो! यतिकोे लाइन कतिबेला सकिने हो, रित्तै घर फर्किनुपर्ने पो हो कि।’

भक्तपुर लोेकन्थलीका कृष्णबहादुर खत्रीको दुःख पनि फरक छैन। पहिलो डोज खोप वडामा लगाएका उनी आज बिहानै वडा कार्यालय गए। वडाले खोप सकिएको भन्दै अस्पताल जान भनेपछि उनी श्रीमती लिएर सिभिल अस्पताल आइपुगेका हुन्। ‘खोप चाहियो भन्दा वडाध्यक्षले हामीलाई दिएको जति लाउने हो, चाहिएकोे छ भने केपी ओलीलाई भन्नुस् भन्यो। खोप लगाउन वडामा जाँदा उल्टै हप्कीदप्की सुन्नुपरो। यहाँ (अस्पतालमा) पनि पाउने–नपाउने ठेगान छैन,’ खत्रीले गुनासो गरे।

खोपको लाइन सिभिल अस्पतालभित्रको खोप लगाउने स्थानदेखि बाहिर नापी विभागसम्म पुगिसकेको थियो। लाइन लाग्नुको दुःख त छ नै, नपाइने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। अस्पतालका कर्मचारीले ‘सबैले खोप पाउन सक्ने अवस्था छैन’ भनेपछि दिन माया मारेर खोपाउन आएकाहरु निराश देखिन्थे। कतिपय त दिक्क मान्दै लाइन छोडेर हिँडिरहेका थिए।

कोटेश्वरबाट आएको प्याकुुरेल दम्पती पनि लाइन लागेको सात घण्टा नाघिसकेको थियो। पत्नी गायत्री यताउता गर्दै छटपटाइरहेकी थिइन्। ‘बिहानदेखि लाइन बसेको, अहिलेसम्म पालोे आएकोे छैन। खोप नै पुग्दैन कि क्या हो,’ उनले दिक्क मानिन्, ‘खोप लगाउन हतारहतार गरी आयौं, अहिलेससम्म खानासमेत खान पाइएको छैन।’ अस्पतालले ‘खोेप सकियो’ भनेर घोषणा नगरेसम्म हार मान्नेवाला भने छैन प्याकुरेल दम्पती। ‘घर गएर पनि के गर्नु, खोप लाउनैपर्छ जसरी पनि,’ गायत्रीले भनिन्।

भेरोसेलको दोस्रो मात्रा आजदेखि दिन थालिएको हो। जेठ २५ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जेठ २५ देखि २९ सम्म ३ लाख ७० हजारभन्दा बढी व्यक्तिले खोपको पहिलो मात्रा लगाएका थिए। काठमाडौंका ३२ केन्द्रबाट असार २२ गतेदेखि २४ गतेसम्म खोप दिइने छ। खोप लगाउन जानेहरूले पहिलो मात्रा लगाएको कार्ड अनिवार्य साथमा लगेर नजिकैको केन्द्रमा जान सक्नेछन्।

प्रकाशित: Jul 06, 2021| 10:25 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।