आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • व्यासको दुःखमा बोलेन सरकार, न जनता सुरक्षित छन् न देशको माटो

nespernesper

व्यासको दुःखमा बोलेन सरकार, न जनता सुरक्षित छन् न देशको माटो

आवतजावतमा कठिनाइ भोग्नुपरेको पाँच दिन भइसक्दा पनि नेपाल सरकारले खुलाउन पहल नगरेको गुनासो स्थानीय जनप्रतिनिधिको। सीमाको विषय केन्द्र सरकारले हेर्न भएकाले स्थानीय तहको प्रयास पनि सफल हुन सकेको छैन। 
 |  आइतबार, जेठ ३०, २०७८

अंगद सिंह

अंगद सिंह

आइतबार, जेठ ३०, २०७८

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिका जाने घोडेटो बाटो बुधबारदेखि पूर्ण बन्द छ। पारिपट्टि भारतले दुई लेनको मानसरोवर सडकखण्ड निर्माणका लागि ठूलाठूला चट्टान फोडिरहेको छ। ती चट्टान महाकालीमा खस्दा नदीले धार परिवर्तन गरेको छ भने बाटो अवरुद्ध भएको छ।

triton college

आवतजावतमा कठिनाइ भोग्नुपरेको पाँच दिन भइसक्दा पनि नेपाल सरकारले खुलाउन पहल नगरेको गुनासो स्थानीय जनप्रतिनिधिको। सीमाको विषय केन्द्र सरकारले हेर्न भएकाले स्थानीय तहको प्रयास पनि सफल हुन सकेको छैन। 

त्यसैले व्यासवासीले यति बेला निकै सास्ती पाइरहेका छन्। आधा घण्टामा पुगिने ठाउँमा पाँच घण्टा लगाएर भीरकोे बाटो हिँड्नुपरेको स्थानीय बासिन्दा बताउँछन्।

व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले भारतले सडक निर्माणका क्रममा ठूलाठूला पहाड भत्काउँदा नेपालको बाटो अवरुद्ध भई आवतजावतमा निकै समस्या भएको बताए।

‘व्यासवासीले जहिल्यै दुःख पाउँछन्। आधा घण्टा लाग्ने ठाउँमा भीरको बाटो पाँच घण्टा हिँड्नुपरेको छ’, उनले भने।

Metro Mart
vianet

सिमाना हेर्ने जिम्मेवारी केन्द्र सरकारको हो। स्थानीय तहले केही गर्न सक्दैन’, व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले नेपालसमयसँग टेलिफोनमा भने, ‘तर केन्द्र सरकारको कुनै चासो नभएको प्रस्ट छ।’ 

भारतीय पक्षले गाउँपालिकाको दुई नम्बर वडा क्षेत्र नजिक व्यास कल्जु क्षेत्रमा सडक निर्माण गरिरहेको छ। यस क्रममा कारतोस तथा जिलेटिन विस्फोट गराइरहेको बुढाथोकी बताउँछन्। 

अध्यक्ष बुढाथोकी भारतीय पक्षले दुःख दिने नियतले काम गरिरहेको गुनासो गर्छन्। उनले यसबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकेका छन्। 

‘सिमाना हेर्ने जिम्मेवारी केन्द्र सरकारको हो। स्थानीय तहले केही गर्न सक्दैन’, बुढाथोकीले नेपालसमयसँग टेलिफोनमा भने, ‘तर केन्द्र सरकारको कुनै चासो नभएको प्रस्ट छ।’ बाटो बन्द हुँदा तिंकर छाङ्ग्रु जान पनि समस्या भएको छ। 

व्यास जिल्लाकै दुर्गम गाउँपालिका हो। कतिपय ठाउँमा घोडेटो बाटोसमेत छैन। बुढाथोकी प्रश्न गर्छन्, ‘सरकार आफैं रुमल्लिएकोे छ जनताका दुःख र देशको माटोको के वास्ता?’

व्यास गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धिरनसिंह बुढाथोकीले सरकारलाई सीमा र जनताको कुनै वास्ता नभएको गुनासो गरे। ‘सिमाका बारेमा सरकार नबोलेको देख्दा विरक्त लाग्छ। यहाँ न जनता सुरक्षित छन् न देशको माटो’, धिरनले भने।

उनले सरकारको कूटनीतिक असफलता र कमजोरीका कारण देशका माटो भारतले लगेको र जनताले दुःख पाएको गुनासो गरे। ‘सरकार न देशको माटो बचाउन सक्छ न जनताको मर्का बुझ्न’, धिरन भन्छन्, ‘देश र जनताको माया भए न माटो पराई हुन्नथ्यो न जनताले दुःख पाउँथे।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए। ‘भारतले विवादित भूमिमा बाटो निर्माण कार्य तीव्र पार्दा नेपालतर्फ क्षति भएको छ। घटनाबारे गृह मन्त्रालयलाई जानकारी दिइसकेका छौं’, जोशीले भने। उनले पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरुपलाई नेपाललाई हानि पुग्ने गतिविधि रोक्न पत्राचार गरेको बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले गृह मन्त्रालयलाई जानकारी गराएको बताए पनि गृह प्रवक्ता जनकराज दाहालले भने दार्चुलामा सडक अवरुद्ध भएको विषयमा अनभिज्ञता प्रकट गरे।

‘सडक निर्माणमा भारतले ज्यादती गर्दै नेपाललाई दुःख दिएको र नेपालतर्फको बाटो नै बन्द भएपछि नेपाललाई नोक्सानी हुने गतिविधि नगर्न भारतलाई पत्राचार गरेका हौं,’ जोशीले भने। पत्रमा भारतका कारण महाकाली नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोसमेत अवरुद्ध भएकाले त्यसलाई खुलाउन भनिएको छ। यद्यपि पत्रको जबाफ आएको छैन।

प्रमुख जिल्ला अधिकारी जोशीले अब त्यस ठाउँमा वैकल्पिक बाटो बनाउन प्रयास भइरहेको जानकारी दिए। कोरोेनाका कारण सीमा समस्या तथा विवाद सुल्झाउनका लागि बनेको जिल्ला सीमा सुरक्षा समितिकोे बैठक बस्न छैन।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले गृह मन्त्रालयलाई जानकारी गराएको बताए पनि गृह प्रवक्ता जनकराज दाहालले भने दार्चुलामा सडक अवरुद्ध भएको विषयमा अनभिज्ञता प्रकट गरे।

उनले भने, ‘भारतका कारण बाटो बन्द भएको विषयमा दार्चुलाबाट मन्त्रालयलाई कुनै जानकारी आएको छैन। समस्याबारे मन्त्रालयले बुझ्नेछ।’

पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा २०७७ वैशाख अन्तिममा सिमानामा भारतीय पक्षबाट सडक खण्ड निर्माण भइरहेको विषयमा भारतसँग वार्ता गर्ने बताएका थिए। एक वर्ष बित्दा पनि नेपाली पक्षबाट वार्ताका लागि कुनै पहल गरिएको छैन।

नेपाली भू-भागमा नेपालको जानकारी बिना सडक निर्माण गरेपछि दार्चुलाका सांसद तथा कांगे्रस नेता दिलेन्द्रप्रसाद बडुले नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए। उनले संसद्मा भारतले नेपाली भू-भागमा मनोमानी ढंगले सडक निर्माण गरिरहेको कुरा उठाएपछि नेपालमा भारतको चर्को विरोध भएको थियो।

भारतले निर्माण गर्न लागेको ७८ किलोमिटर सडक खण्डमध्ये करिब १९ किलोमिटर नेपाली भू-भागमा परेको छ।

निर्माणाधीन सडक दिल्लीबाट मानससरोवर पुग्ने सबैभन्दा नजिकको रुट हो। त्रिदेशीय सीमा (नेपाल, भारत र चीन) मा रहेको यो सडकलाई भारतले धार्मिक महत्त्वका दृष्टिले मात्रै नभई रणनीतिक रुपमा पनि लिएको छ।

यो सडकखण्डको शिलान्यास भारतका रक्षामन्त्री राजनाथ सिहंले २०७७ वैशाख २६ मा गरेका थिए। रक्षामन्त्री सिंहले शुक्रबार मानसरोवर सडकखण्डलाई भारतको उल्लेखनीय उपलब्धि भएको बताएपछि फेरि एकपटक दार्चुलावासी झस्किएका छन्। 

प्रकाशित: Jun 13, 2021| 05:47 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।