काठमाडौं– सानो र सुन्दर परिवारको स्वर्णीम सपना जोसुकैको पनि हुन्छ। समाजमा कुनै समय 'दुई सन्तान ईश्वरका वरदान’ भन्ने भनाइ लोकप्रिय थियो। सन्तान चाहने अधिकांश दम्पतीले यसैलाई मन्त्र मानेर योजना बनाएका हुन्छन्। यस्तै योजना बुनेकी थिइन्– भक्तपुरकी दीपा ढुंगाना बानियाँले पनि।
पाँच वर्षका छोरा थिए, अब छोरी चाहिएको थियो। छोरीको चाहना बिस्तारै पूरा हुँदै थियो, गर्भमा २८ हप्ताको भ्रूण हुर्किरहेको थियो।पति र साथीभाई सबैसँग मेरो छोरी नै हुन्छ भन्थिन् उनी। हरेक दिनका बिहानीले आशाका नयाँ किरण ल्याउँथे। तर उनको स्वर्णिम सपनामा तुषारापात भयो। आशाका किरण सधैंका लागि अँध्यारो सुरुङभित्र भासिए। कल्पना हावासरी बिलाइगए।
मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारकी हुन् दीपा। प्लान इन्टरनेसनल नेपालमा जागिर छ, पति समाजसेवा गर्छन्। उनको जिन्दगी राम्रैसँग चलिरहेको थियो। वैशाखमा उनको जिन्दगी बेरंगी बन्यो। दैवले दीपाको मुटुकाे टुक्रा चुँड्यो। छोरी सुम्सुम्याउनु त परको कुरा देख्नसम्म पाइनन् उनले। कस्ती थिइन् मेरी छोरी? अहिले पतिलाई घरीघरी सोध्छिन् उनी।
पतिले उनको मन भुलाउन काटिकुटी तिमी जस्तै थिइन् भनेर सम्झाउँछन्। छोरीले पाँच दिन संसार देखे पनि आफूले देख्न नपाएकोमा निकै पीडा छ दीपालाई। ‘उनले त नामसम्म राखिसकेकी थिइन् छोरीको, तर हाम्रो खुसी दैवले देख्न सकेन, पलभरमै चुँडेर लग्यो’, दीपाका पति राजेश बानियाँले भने।
‘जिन्दगीभर रिमान्सी सम्झनामा मात्रै रहने भयो’, राजेश भन्छन्, ‘मैले त पत्नी छोरी दुवैको आस मारिसकेको थिएँ, तर दैवले एकलाई बचाएर अर्कोलाई हर्यो।’
कस्ती देखिदिहुन् मेरी छोरी अर्थात् रिमान्सी बानियाँ? यस्तै सोच्छिन् उनी। दीपालाई छोरीको नाम याद छ आकृति थाहा छैन। ‘जिन्दगीभर रिमान्सी सम्झनामा मात्रै रहने भयो’, राजेश भन्छन्, ‘मैले त पत्नी छोरी दुवैको आस मारिसकेको थिएँ, तर दैवले एकलाई बचाएर अर्कोलाई हर्यो।’
०००
कोरोेना भाइरसको दोस्रो लहरपछि स्वास्थ्य सुरक्षा अपनाउँदै घरबाटै काम गर्थिन् दीपा। साताको एक दिन अफिस नगई हुँदैनथ्योे। एक दिन कामविशेषले अफिसका मानव संशाधन विभाग प्रमुखसँग अदालत गइन्। अदालत गएको केही दिनपछि प्रमुखले कोरोना संक्रमण भएको खबर गरे। सँगै काम गरिरहेको हिँडेको मान्छेलाई संक्रमण भएपछि परिवारमा त्रास बढ्यो। दीपा गर्भवती भएकाले पनि परिवार आत्तिएकोे थियो। बिस्तारै दीपाको स्वास्थ्यमा समस्या देखिन थाल्यो। संक्रमणले गाँज्दै गएछ, ज्वरो आउने, हातखुट्टा गल्ने र शरीर कमजोर हुने लक्षण देखिए।
स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १७ गते राजेशले दीपालाई कोरोेना परीक्षणका लागि अस्पताल लगे। भक्तपुर इन्टरनेसनल अस्पतालमा स्वाब दिए। अस्पतालले छ घण्टामा रिपोर्ट आउँछ भन्यो। राति १० बजेसम्म पनि रिपोर्ट नआएपछि दीपा र राजेशको बेचैनी बढ्यो। बल्ल राति १ बजे कोरोना पोजेटिभ भन्दै मोबाइलमा रिपोर्ट आयो। सबै डराए। राजेश १८ गते छोरालाई लिएर पीसीआर परीक्षण गर्न अस्पताल गए। राजेशलाई पोजेटिभ देखियो तर छोरालाई नेगेटिभ।
‘सबैलाई पोजेटिभ देखिन्छ भनेर क्वारेन्टिन जान सामान प्याक गरिसकेकोे थिएँ, तर छोरालाई नेगेटिभ देखियो’, राजेश भन्छन्। राजेशले संक्रमणबाट बचाउन छोरालाई आमासँग राखे। उनीहरु दुवै जना सँगै बस्न थाले। संक्रमण देखिएको चार दिनपछि दीपाको स्वास्थ्य अवस्था बिस्तारै बिग्रिन थाल्यो। अक्सिजनको लेबल घट्दै गयो। सास फेर्न समस्या भएपछि २२ गते बेलुका उनलाई नेपाल कोरिया मैत्री अस्पताल लगियो।
एकातिर आफू संक्रमित अर्कोतिर गर्भवती पत्नीको नाजुक स्वास्थ्य अवस्था। निकै तनावमा परे राजेश। दीपालाई निमोनिया भइसकेछ। अनि अक्सिजन दिई इमर्जेन्सीमा लगियो। कुरुवाचाहिँ राजेश आफैं बसे।
राजेशलाई पनि निकै समस्या भयो। एकातिर आफू संक्रमित अर्कोतिर गर्भवती पत्नीको नाजुक स्वास्थ्य अवस्था। निकै तनावमा परे राजेश। दीपालाई निमोनिया भइसकेछ। अनि अक्सिजन दिई इमर्जेन्सीमा लगियो। कुरुवाचाहिँ राजेश आफैं बसे। डाक्टरले निमोनियाले निकै सताएको भन्दै बच्चा निकाल्नुपर्ने सुझाव दिए। दीपा अर्धचेत थिइन्। राजेशले केही सोच्न सकेनन्। ‘२८ हप्ताको गर्भमा रहेको बच्चा फाल्नुपर्छ भनेपछि चारैतिर अँध्यारो छायो, म रनभुल्ल परें’, राजेश त्यो क्षण सम्झन्छन्। राजेशले मुटुमाथि ढुंगा राखी २३ गते अप्रेसन गर्न अनुमति दिए।
उनी बेलाबेला भक्कानिन्थे। सोच्थे न पत्नी रहन्छे न छोरी। ‘पत्नी र छोरी दुवैको प्राण दाउमा थियो मन निकै अत्तालिएको थियो। सबै भगवान् भरोेसा छाडेको थिएँ’, उनले भने। २३ गते बच्चा निकालियोे। समयभन्दा अगाडि जन्मेकाले उपचारका लागि कान्ति बाल अस्पताल लगियो। कोरोना परीक्षण गर्दा नेगेटिभ देखियो। अस्पतालको एनआईसीयूमा अक्सिजन दिएर उपचार भइरहेको थियो दीपाकी छोरीको।
संक्रमित भएका राजेशले टाढैबाट भए पनि एक नजर लगाएका थिए। ‘खासमा एकपटक छुन र अँगालोमा लिन पाएको भए पनि हुन्थ्यो लाग्यो, तर भाग्यमै रहेनछ, काउकुती लगाएर गइन्’, राजेशले भावुक हुँदै भने। कान्ति बाल अस्पतालमा उपचारत रिमान्सी पाँचौं दिनमा संसारबाट बिदा भइन्।
उता शल्यक्रिया गरेको केही दिनपछि दीपाको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो। अक्सिजनको लेबल ७०–७५ सम्म पुगेको थियो। बच्चालाई न दीपाले धित् मरन्जेल हेर्न पाइन् न छुन नै। दीपालाई तुरुन्तै भेन्टिलेटरमा राख्नुपर्ने भयो। अस्पतालमा भेन्टिलेटर खाली थिएनन्। निकै प्रयासपछि अस्पतालमा भेन्टिलेटर जुट्यो।
बोल्न नसकेका कारण उनले लेखेर कुरा गर्न थालिन्। लेखेरै डाक्टर नर्सलाई धन्यवाद भनिन्। ‘बोल्न नसक्ने भए पनि उनले लेखेर मनका कुरा भन्थिन्। 'उनले भेन्टिलेटरबाटै छोरीको नाम राखेकी थिइन्’, राजेशले सुनाए।
लगातार १४ दिन भेन्टिलेटरमा रहिन दीपा। एकातिर कोभिड–१९ संक्रमित थिइन् भने अर्कोतिर अप्रेसन गरी बच्चा निकालिएकाले दीपालाई गाह्रो भएको थियो। बोल्न नसकेका कारण उनले लेखेर कुरा गर्न थालिन्। लेखेरै डाक्टर नर्सलाई धन्यवाद भनिन्। ‘बोल्न नसक्ने भए पनि उनले लेखेर मनका कुरा भन्थिन्। 'उनले भेन्टिलेटरबाटै छोरीको नाम राखेकी थिइन्’, राजेशले सुनाए।
दीपालाई भेन्टलेटरमा राखेपछि राजेश स्वास्थ्य अवस्थाबारे अमेरिकामा रहेका आफ्ना चिकित्सक साथी निकेश अधिकारीलाई जानकारी दिइरहन्थे। निकेशले अमेरिकाबाट राजेशलाई चिन्ता नर्गन भन्दै सान्त्वना दिइरहे। ‘मलाई छोरी चाहिन्छ भन्थी, छोरी पनि भई, उसको खुसीको सीमा नै थिएन तर, हाम्रो खुसी दैवले देखिसहेन’, उनले भने।
वैशाख ३१ देखि जेठ १३ गतेसम्म भेन्टिलेटरमा बसिन् दीपा। देशभर अक्सिजनको हाहाकार थियो। भेन्टिलेटर पाए पनि अक्सिजनको चिन्ता भइरहन्थ्यो राजेशलाई। ‘अहिले दीपालाई कुन बेडमा कति दिन बसें, छोरीको नाम केहो भन्ने थाहा छ’, राजेश भन्छन्, ‘अरू सबै बिर्सिसकेकी छन्।’
उपचारकै क्रममा एक दिन भेन्टिलेटर बिग्रियो। ‘भेन्टिलेटरको बिग्रिएको पाइप मिलाउँदा अक्सिजन लेबल १०–१५ मा पुग्यो। म त बौलाहा जस्तो भएको थिएँ’, राजेश भन्छन्। त्यो अवस्थालाई शब्दमा बयान गर्न नसक्ने उनले बताए। भेन्टिलेटर बन्न दुई सेकेन्ड ढिला भएको भए दीपा पनि नरहने बताउँछन् उनी।
‘दैवको अगाडि कसको के लाग्छ र? भाग्यमा रिमान्सीको माया नै रहेनछ’, दीपा भन्छिन्, ‘सम्झनाकै लागि भए पनि छोरीको नाम राखेछु। नाम नै अन्तिम चिनो भयो।’
भेन्टिलेटरमा दीपालाई छ डोज रेम्डेसिभिर दिइएको थियो। स्वास्थ्यमा सुधार आएपछि नर्मल वार्डमा सारियो। वार्डमा बस्दासम्म दीपालाई थाहा थिएन कि रिमान्सीले संसार छाडिसकेकी छिन्। राजेशलाई दुःखको कुरा सुनाउन निकै सकस परिरहेकोे थियो। राजेशले बिस्तारै विभिन्न उदाहरण दिएर उनलाई सम्झाउन थाले। जेठ १९ गते बानियाँ दम्पती घर फर्कियो। उनलाई पूर्ण रुपमा सन्चो भएको छैन। अक्सिजन दिइरहनुपरेको छ।
राजेशले दीपालाई सम्झाइसकेका रहेछन्। ‘दैवको अगाडि कसको के लाग्छ र? भाग्यमा रिमान्सीको माया नै रहेनछ’, दीपा भन्छिन्, ‘सम्झनाकै लागि भए पनि छोरीको नाम राखेछु। नाम नै अन्तिम चिनो भयो।' राजेश आफू पनि संक्रमित भएकाले दिनहुँ अस्पतालमा बस्न सक्दैनथे। उनकी भाउजू कुरुवा बसिन्। राजेश भन्छन्, ‘अस्पतालका डाक्टर सुरेश कायस्थले ठूलो गुन लगाए। डाक्टर भगवान् हुन सुनेको थिएँ, आँखै अगाडि देखें। कोरोनाबाट मुक्ति र जिन्दगी बचाउने भनेका डाक्टर र नर्स नै रहेछन्।’