सोमबार, वैशाख ८, २०८२

यसकारण राति मात्रै समायोजन गरिन्छ इन्धनको मूल्य

नेपाल आयल निगमले प्रायः राति ८ बजे आसपास पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ,  आखिर यसाे किन गरिन्छ ?
 |  बुधबार, जेठ ५, २०७८
nespernesper

प्रेम चन्द

प्रेम चन्द

बुधबार, जेठ ५, २०७८

vianetvianet

नेपाल आयल निगमले प्रायः राति ८ बजे आसपास पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ,  आखिर यसाे किन गरिन्छ ?

triton college

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा रहेको भन्दै नेपाल आयल निगमले पछिल्लो समय इन्धनको मूल्य फेरि बढाएको छ। गत २ जेठ राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २–२ रूपैयाँका दरले वृद्धि गरेको हो।

हाल ढुवानीका आधारमा निगमको डिपोको १५ किलोमिटर क्षेत्रफलभित्र पेट्रोलको मूल्य १२३ रूपैयाँ प्रतिलिटरका दरले कायम गरिएको छ। सोही आधारमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रूपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ७८ रूपैयाँ कायम गरिएको छ।

निगमले मूल्य बढाएको यो पहिलो पटक होइन। यसअघि पनि पटक–पटक इन्धनको मूल्य बढाउँदै आएको छ। पछिल्लो एक वर्षमा मात्रै एक दर्जनभन्दा बढी पटक पेट्रोल तथा डिजेलको मूल्य समायोजन गरिएको छ। 

गत वर्ष २०७७ जेठ महिनामा पेट्रोलको मूल्य ९६ रूपैयाँ प्रतिलिटरका दरले थियो। डिजेल तथा मट्टितेलको मूल्य ८७ रूपैयाँ प्रतिलिटर थियो। 

National life insurance

त्यसयता पटक–पटक बढेको मूल्यअनुसार हाल पेट्रोल १२३, डिजेल तथा मट्टितेल १०६ रूपैयाँ र आन्तरिकतर्फको हवाई इन्धन ७८ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ। यसरी मूल्य वृद्धि गर्दा निगमले प्रायः राति ८ बजेको आसपासमा मात्रै बढाउने गरेको छ। 

आखिर किन रातिमात्रै समायोजन गरिन्छ त इन्धनको मूल्य?

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भन्छन्, ‘राति ८ बजेसम्म डिपोमा लोड हुने भएकाले समायोजनको मूल्यबारे त्यतिबेला जानकारी गराइन्छ।’

डिपो बन्द नभईकनै मूल्य बढेको जानकारी गराउँदा व्यवसायीले अनावश्यक रूपमा खरिद गरेर राख्ने र त्यही पुरानै इन्धन वृद्धि भएको मूल्यअनुसार बिक्री वितरण गर्ने सम्भावना भएकाले राति मात्रै समायोजन मूल्यबारे जानकारी गराइन्छ।

गाडी आउने–जाने, बिक्रीको काम पनि राति ८ बजेसम्म हुने गर्छ। मूल्य बढ्यो वा घट्यो भनेर सबै काउन्टर क्लोज भएपछि मात्रै जानकारी गराउने पौडेल बताउँछन्। 

डिपो बन्द नभईकनै मूल्य बढेको जानकारी गराउँदा व्यवसायीले अनावश्यक रूपमा खरिद गरेर राख्ने र त्यही पुरानै इन्धन वृद्धि भएको मूल्यअनुसार बिक्री वितरण गर्ने सम्भावना भएकाले राति मात्रै समायोजन मूल्यबारे जानकारी गराइने उनको भनाइ छ। 

‘डिपोको सबै बिक्री सकियो कि सकिएन त्यो भेरिफाइ गरेर मात्रै मूल्य घटबढको जानकारी गराउने हो,’ पौडेल भन्छन्। निगम घाटामा रहेको अवस्थामा मूल्य बढाउँदा निगमका कार्यकारीले एकल निर्णय गर्न सक्ने कानुनी प्रावधान छ। पछिल्लो समय इन्धनको मूल्य निरन्तर बढे पनि निगम नाफामा जान नसकेको उनको भनाइ छ। 

‘मूल्य घट्ने वा बढाउने त्यो कार्यकारी र विभागीय प्रमुखलाई मात्रै थाहा हुन्छ,’ पौडेल भन्छन्, ‘सबैतिर डिपो बन्द भयो भनेर पुष्टि भइसकेपछि मात्रै वर्कआउट गरौं भन्ने हुन्छ।’

झण्डै एक दर्जन पटक मूल्यवृद्धि

निगमका अनुसार पछिल्लो एक वर्षमा करिब एक दर्जन पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढाउने र घट्दा नेपालमा पनि घटाउने प्रचलनअनुसार समायोजन हुने निगमका अधिकारी बताउँछन्। 

गत वर्ष जेठ महिनाभरि ९६ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य असार १६ मा १०१ रूपैयाँ प्रतिलिटर कायम गरियो। डिजेल तथा मट्तिेलको मूल्य ८७ रूपैयाँ नै अर्थात सो मितिमा यथावत् राखिएको थियो।

त्यसपछि असार २६ मा पेट्रोल प्रतिलिटर १०२ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८८ कायम गरियो। साउन १७ मा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रूपैयाँ कायम गरिएको थियो। 

साउन ३२ मा पेट्रोल प्रतिलिटर १०५ र डिजेल तथा मट्टितेल ९१ रूपैयाँ बनाइयो। भदौ १६ मा पेट्रोलको मूल्य १०७ रूपैयाँ प्रतिलिटर कायम गरियो। त्यो बेला डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् राखिएको थियो।

भदौ ३१ मा पेट्रोलको मूल्य यथावत् राख्दै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रूपैयाँ बनाइयाे। असोज १५ मा पनि पेट्रोलको मूल्य यथावत् राख्दै डिजेलको मूल्य प्रतिलिटर ८९ रूपैयाँ प्रतिलिटरका दरले कायम गरियो।

त्यसपछि कात्तिक महिनामा पेट्रोलियम पदार्थको मूल्यमा कुनै हेरफेर भएन। मंसिरयता भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निरन्तर बढ्दो क्रममा छ।

२७ मंसिरमा पेट्रोलको मूल्य १०८ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९१ रूपैयाँ कायम गरिएको थियो। माघ ५ मा पेट्रोलको मूल्य प्रतिलिटर ११० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रूपैयाँ कायम गरिएको थियो। माघ २८ मा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रूपैयाँका दरले कायम गरिएको थियो। 

पछिल्लो समय गरिएको मूल्य वृद्धि पश्चात पनि इन्धनमा घाटा बेहोर्न परेको निगमको दाबी छ। 

त्यस्तै फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ र डिजेल तथा मट्टितेल ९७ रूपैयाँ कायम गरिएको थियो। गत फागुन १७ मा पेट्रोल प्रतिलिटर ११६ र डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ रूपैयाँ पुगाइयो। ३ चैतमा पेट्रोलको मूल्य प्रतिलिटर ११८ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०१ रूपैयाँ कायम गरिएको थियो।

सोही चैत २२मा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य वृद्धि गर्दै  पेट्रोलको मूल्य प्रतिलिटर १२० रूपैयाँ र डिजेल तथा मट्टितेलको १०३ रूपैयाँ कायम गरिएको थियो।  

त्यसपछि गत ४ वैशाखमा प्रतिलिटर १ रूपैयाँका दरले इन्धनको मूल्य वृद्धि गर्दै पेट्रोलको मूल्य १२१ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ कायम गरिएको थियो। २ जेठ अर्थात गत आइतबारदेखि फेरि २ रूपैयाँ बढाउँदै पेट्रोलको मूल्य प्रतिलिटर १२३ रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रूपैयाँ कायम गरिएको छ।

मूल्य बढ्दा पनि घाटामै निगम!

पछिल्लो समय गरिएको मूल्य वृद्धि पश्चात पनि इन्धनमा घाटा बेहोर्न परेको निगमको दाबी छ। 

निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अहिले पेट्रोलमा आठ रूपैयाँ ५६ पैसा प्रतिलिटर, डिजेलमा चार रूपैयाँ ४६ पैसा प्रतिलिटर र खाना पकाउने एलपी ग्यासमा ३७५ रूपैयाँ १३ पैसा घाटा बेहोरिरहेको छ। 

एलपी ग्यासबाट मात्रै पाक्षिक ५४ करोड रूपैयाँ घाटा बेहोरिरहेको दावी गरेको निगमले समग्र इनधनमा पाक्षिक एक अर्ब १० करोड रूपैयाँ नोक्सान बेहोर्नु परेको दावी गरेको छ।

प्रकाशित: May 19, 2021| 06:24 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।