काठमाडौं– अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त तनावमा हुन्छन्– बिरामीको अवस्था गम्भीर छ? निको हुने हो होइन? यस्तै कुरा मनमा खेलिरहेको हुन्छ। मृत्यु कसले रोज्ला र! तर पनि पुकारा हुन्छ– मृत्युचाहिँ तत्काल नहोस्! भइहालेमा पनि कोरोना नेगेटिभ भएपछि मात्र होस्।
नेगेटिभ भए लास देख्न पाइन्थ्यो! आफन्त वरिपरि बसेर श्रद्धाञ्जलि दिन पाइन्थ्यो! मलामी त जान पाइन्थ्यो! आफ्नो संस्कारअनुसार अन्त्येष्टि कर्म गरिन्थ्यो! बाहिर यस्तो विलाप गर्दागर्दै चिकित्सकको प्रयास निरर्थक बन्छ। कतिपय संक्रमितको ज्यान बितिजान्छ। अनि कुरुवा र आफन्तको कोलाहल सुरु हुन्छ अस्पतालमा। प्रिय व्यक्तिको शव न छुन न हेर्न पाइन्छ!
अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्। गइहाले पनि पर बसेर ‘अछूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसै बेला भरोसा बनेर आइपुग्छ नेपाली सेना, सन्तानजस्तै गरी।
वार्ड वा आईसीयूबाट शव सीधै शवगृहमा लगिन्छ। ठूलो चीत्कार सुनिन्छ आफन्तको। अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्। गइहाले पनि पर बसेर ‘अछूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसै बेला भरोसा बनेर आइपुग्छ नेपाली सेना, सन्तानजस्तै।
शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिन्छ। शवगृहको अँध्यारो कोठाबाट निकाल्न सैन्य जवान खटिन्छन्। पीपीईले शरीर ढाकेका जवानले निंसक्रमण गर्दै शव गाडीमा हाल्छन्। अनि उनीहरुले नै अन्त्येष्टिस्थलतर्फ पुर्याउँछन्।
घाटमा शव झार्छन्। अन्तिम सम्मानस्वरुप सलामी अर्पण गर्छन्। दागबत्ती दिन्छन्। शव पूरै नजलेसम्म निगरानी गर्छन्। आफन्तलाई अन्तिम चिनो अस्तु दिएपछि सेनाको जिम्मेवारी सकिन्छ।
मलामी जानेदेखि सलामी दिनेसम्मको काम सेनाबाट हुँदै आएको छ कोरोनाबाट निधन भएकाहरुको। त्यसैले महामारीमा ‘मर्दाको मलामी’ बनेको छ नेपाली सेना।
सलामी त राष्ट्रिय व्यक्तित्वलाई दिइन्छ हैन र? भन्ने जिज्ञासामा प्रवक्ता पाैडेल आफन्तलाई शव छुनु र हेर्न नपाउनुको पीडा कम होस् भनेर सम्मानस्वरूप सलामी दिने गरिएको उनको भनाइ छ। पौडेल भन्छन्, ‘हेर्न छुन नदिने मन त कसको हुन्छ र? तर भाइरस नै यस्तै छ। आफन्तलाई बचाउनकै लागि यस्तो गरिएको हो।’
सरकारले संक्रमितको शव व्यवस्थापनको जिम्मेवारी गत वर्ष नै सेनालाई दिएको हो। शव व्यवस्थापनका लागि देशैभर युनिट खटिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेल बताउँछन्। त्यसो त नेपाली सेनाले कोरोना भाइरसको पहिलो चरणदेखि नै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको छ। अस्पतालको शव गृहदेखि चितामा आगो ननिभ्दासम्म सेनाले निगरानी गरिरहने पौडेल बताउँछन्। उनी भन्छन्, ‘कोरोनाबाट ज्यान गुमाएकालाई अन्तिम समयमा घरपरिवार र आफन्तले न छुन पाउँछन् न त हेर्न। शवको सारथी नै सेना हो।’
सलामी त राष्ट्रिय व्यक्तित्वलाई दिइन्छ हैन र? अन्तिम समयमा शव छुनु र हेर्न नपाउनुको पीडा कम होस् भनेर सम्मानस्वरूप सलामी दिने गरिएको उनको भनाइ छ। पौडेल भन्छन्, ‘हेर्न छुन नदिने मन त कसको हुन्छ र? तर भाइरस नै यस्तै छ। आफन्तलाई बचाउनकै लागि यस्तो गरिएको हो।’
कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा सेनाका ८ वटा शव वाहन परिचालित छन्।काठमाडौं उपत्यकाबाहिर स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा शव व्यवस्थापन र महामारी नियन्त्रणका कार्य भइरहेको सेनाले जनाएको छ। महामारीका बेला सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने पौडेल बताउँछन्।
पौडेल भन्छन्, ‘सेनाले देश र जनता संकटमा परेका बेला सघाउने हो। हामी त्यही गरिरहेका छौं। महामारीबाट बाँच्न–बचाउन पनि नेपाली सेनाले हरसम्भव प्रयास गरिरहेको छ। यसमा सबैको साथ चाहिन्छ।’ सेनाले शनिबारसम्म देशभरमा गरी ५ हजार २ सय ४८ जना भाइरसका संक्रमितको शव व्यवस्थापन गरेको छ।
‘हामी भाइरस संक्रमणमा जोखिम मोलेरै काम गरिरहेका छौं। सर्वसाधारण र राष्ट्र हितका लागि सेना जहिल्यै तत्पर छ’, पौडेल भन्छन्। संक्रमणबाट बच्न पूर्ण स्वास्थ्य मापदण्डको पालना गरिरहेको उनी बताउँछन्। पौडेल भन्छन्, ‘संक्रमणकोे जोखिम सर्वसाधारणलाई भन्दा सेनालाई बढी छ।’ गत वर्ष महामारीका बेला सेनाले होल्डिङ सेन्टर निर्माण गर्ने, सीमा नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षणमा सघाउने, एन्टिबडी परीक्षण गर्ने र क्वारेन्टिन तथा यातायातको व्यवस्था गरेको थियो।
अग्रपंक्तिमा खटिएका सैनिकमध्ये कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ। गत वर्ष दुई जनाको र यस वर्ष दुई जनाको मृत्यु भएको हो। पछिल्लो तथ्यांकअनुसार २ सय ६० सैन्य कर्मचारीमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सामग्री भित्र्याउने देखि दुर्गममा गई स्वाब संकलन पनि गरेको थियो। यस वर्ष सेनाले होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मेवारी पाएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा निर्माण हुने होल्डिङ सेन्टर तथा भौतिक संरचनालाई बहुउपयोगी बनाइने सैन्य अधिकारीहरु बताउँछन्।
प्रवक्ता पौडेल भन्छन्, ‘अस्थायी अस्पताल र क्वारेन्टिनसमेत बनाउन मिल्ने गरी संरचना निर्माण गरिनेछ।’ यस वर्ष सेनाले अक्सिजन नभएको ठाउँमा अक्सिसजन तथा औषधीसमेत पुर्याइरहेको छ। ‘यातायात सुविधा नभएको ठाउँमा सेनाले अक्सिजन र अन्य उपचार सामग्री पुर्याउने काम गरिरहेको छ’, पौडेल भन्छन्।
यसरी अग्रपंक्तिमा खटिएका सैनिकमध्ये कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ। गत वर्ष दुई जनाको र यस वर्ष दुई जनाको मृत्यु भएको हो। पछिल्लो तथ्यांकअनुसार २ सय ६० सैन्य कर्मचारीमा संक्रमण पुष्टि भएको छ।