बुधबार, वैशाख १६, २०८३

ट्रमा सेन्टरमा पनि अक्सिजन सकियो, सयभन्दा धेरै बिरामी जोखिममा 

काठमाडौं महाकालस्थित ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएसँगै त्यहाँ उपचाररत १ सय ५ जना बिरामीको ज्यान जोखिममा परेको छ। 
 |  बिहीबार, वैशाख ३०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं महाकालस्थित ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएसँगै त्यहाँ उपचाररत १ सय ५ जना बिरामीको ज्यान जोखिममा परेको छ। 

National life

अस्पतालमा भर्ना भएका बिरामीका आफन्तहरू अक्सिजन सिलिन्डरको खोजीमा भौतारिरहेका छन्। अस्पतालले रातभर अक्सिजन खोज्दा पनि नपाएपछि बिरामीका आफन्तलाई नै अक्सिजन व्यवस्था गर्न आग्रह गरेको छ।

ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा अहिले जम्मा एक सय सिलिन्डर मात्रै उपलब्ध हुन्छ।  सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र १ सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको  कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले बताए।

केसीले नेपाल समयलाई  भने,  'निर्देशक सन्तोष पौडेल र हामी  रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरेका थियौं। तर, कतै अक्सिजन पाइएन। अक्सिजन बिहान ७ बजेसम्मका लागि मात्रै थियो। अहिले बिरामीलाई अक्सिजन फ्लो घटाउँदै दिइएको छ। बिरामीको जीवन जोखिममा छ।'

रातभर अक्सिजनको पर्खाइमा अस्पतालका कर्मचारी  शंकर अक्सिजन उद्योग बालाजुमा कुरेर बसेको निर्देशक पौडेलले बताए।
उनले अब केहिबेरमै अक्सिजन सेवा ठप्प हुने बताए।

kumari

प्रकाशित: May 13, 2021| 02:56 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्