मंगलबार, असोज १, २०८१

'वैशाख १५ सम्ममा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्छ'

‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्‍याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने। 
 |  आइतबार, चैत २९, २०७७
nespernesper

अंगद सिंह

अंगद सिंह

आइतबार, चैत २९, २०७७

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाले वैशाख मध्य (१५ गते) सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्न सक्ने बताएका छन्।

triton college

डा. बास्तोलाले नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको र अस्पतालमा संक्रमितको संख्या निरन्तर बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। 

‘नेपालमा संक्रमणको दोस्रो छाल आइसकेको छ। वैशाख मध्यसम्ममा संक्रमितको संख्या उच्च बिन्दुमा पुग्न सक्ने देखिएको छ। समयमै सबैले सचेत नहुने हो भने भयावह अवस्था आउछ,’ डा. बास्तोलाले नेपाल समयसँग भने।

पछिल्लो समय राजधानीका अस्पतालमा संक्रमित भएर भर्ना हुनेको संख्या बढ्दै गएको र आइसियूको आवश्यकता भएका संक्रमित पनि निरन्तर बढ्दै गइरहेको उनले उल्लेख गरे। भाइरसको संक्रमण समुदायस्तरमा गइसकेको भन्दै परीक्षणको दायरा फराकिलो बनाई भाइरस नियन्त्रणका उपाय अवलम्बन गर्न ढिलो गर्न नहुने उनको भनाइ छ। 

सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरिरहँदा पनि सर्वसाधारणको बेवास्ताका कारण संक्रमण बढेको उनको जिकिर छ। उनले विद्यालय र सार्वजनिक स्थलमा भीडभाड बढेकाले संक्रमणको आगो झन् दन्किने चिन्ता व्यक्त गरे।

Metro Mart
vianet

‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्‍याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने। 

अहिलेको अवस्थामा शिक्षण संस्था बन्द गरेर भएपनि भाइरसको जोखिमबाट बच्नुपर्ने उनको धारणा छ। ‘नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस आइसकेको कुरा अस्पतालमा संक्रमितको संख्या हेर्दा पनि थाहा हुन्छ,' उनी भन्छन्, 'पछिल्ला तीन महिनामा हामीले गरेको लापरबाहीको परिणाम अबको केही दिनमा भोग्नुपर्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा अहिले २३ जना कोरोना  संक्रमितको उपचार भइरहेको छ। यीमध्ये १८ जना आइसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्। टेकु अस्पतालमा भर्ना भएका संक्रमितमध्ये अधिकांश युवा उमेर समूहका छन्। संक्रमितमध्ये काठमाडौंका मात्रै १५ जना छन्। यसले काठमाडौँ उपत्यका फेरि कोरोना संक्रमणको हटस्पट बन्दै गइरहेको देखाएको छ। 

‘पहिले समुदाय हटस्पट थिए। अहिले विद्यालय हटस्पट बन्दै छन्। यो कुरामा समयमै ध्यान पुर्‍याएनौँ भने बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउन गाह्रो हुन्छ,’ उनले भने। 

विगत तीन महिनादेखि संक्रमणको मतलब नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएका कारण संक्रमणको जोखिम बढेको बास्तोलाको तर्क छ। अस्पतालमा कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएको भन्दै उनले विशेष सावधानी नअपनाए खतराको बिन्दु टाढा नरहेको चेतावनी दिए। सर्वसाधारणको लापरबाही, नयाँ प्रजातिको भाइरसको संक्रमण र अनुगमनमा सरकारको कमजोरीका कारण अवस्था भयावह बन्दै गएको उनको तर्क छ। 

'सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्न भनेपनि न्यूनतम मापदण्डसमेत पूरा गरिएको छैन। यस्तै अवस्था रहिरहने हो भने विद्यालय नै हटस्पट बन्न सक्छन्,’ उनले भने, 'संक्रमण फेरि फैलिसकेको छ।' सरकारले संक्रमणको हटस्पट पहिचान गरी रोकथामका उपाय अबलम्बन गर्नुपर्ने बास्तोला बताउँछन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले विशेष रणनीति बनाई जनतासँगै अघि बढ्नु पर्ने उनले सुझाए। ‘सरकारले  सूचना दिएर, आह्वान गरेर वा  कडा नीति नियम ल्याएर होस्, महामारी रोक्नतिर लाग्नुपर्छ,' उनी भन्छन्, ‘गरिखाने नमर्ने, हुनेखाने नडुब्ने र कोरोना पनि नफैलने रोकथामका उपायका साथ सरकार अघि बढ्नुपर्छ।’

प्रकाशित: Apr 11, 2021| 13:06 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्