मंगलबार, असोज १, २०८१

विषालु हावासँग लड्दै बाँचिरहेका जीवन!

अहो! कस्तो आँखै पोल्ने धुँवा। आँखा त खोल्नै नसकिने भो?ऐया! श्‍वासै फेर्न गाह्रो भो।
 |  शनिबार, चैत १४, २०७७
nespernesper

अंगद सिंह

अंगद सिंह

शनिबार, चैत १४, २०७७

अहो! कस्तो आँखै पोल्ने धुँवा। 

triton college

आँखा त खोल्नै नसकिने भो?

ऐया! स्वासै फेर्न गाह्रो भो।

सडकदेखि चोकसम्म शुक्रबार बेलुकी यस्तैयस्तै आवाज गुन्जिरहेका थिए।

काठमाडौंको आकाश धुलाम्मे देखिन्थ्यो, कुनै चारकोशे झाडीमा डढेलो लागेर पुत्ताइरहेको धुँवाजस्तै।

Metro Mart
vianet

शुक्रबार बेलुकी स्वास्थ्य मन्त्रालयले पनि विषाक्त हावाले आकाशमा साउती मारिरहेको सूचना जारी गर्‍यो।

‘काठमाडौंको आकाशमा वायु प्रदूषणको तह खतराको उच्च विन्दुमा छ। अनावश्यक चोक–चौतारोमा नबसौं, उच्च स्वास्थ्य सावधानी अपनाऔं,’ सूचनामा भनिएको छ।

शनिबार बिहान पनि काठमाडौंको मौसम धुम्म नै छ। शुक्रबारदेखिको काठमाडौंवासीको विषाक्त हावासँगको लडाइँ अझै जारी छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंको अक्सिजन अझै केही दिन यस्तै विषाक्त रहने छ।

उनी भन्छिन्, ‘अझै तीन दिन हामी काठमाडौंवासीले सास्ती खेप्नुपर्ने देखिन्छ।’

शुक्रबार काठमाडौंको वायु प्रदूषण एयर क्वालिटी इन्डेक्स (एक्युआईमा) मापन गर्दा न्यूनतम ३५३ देखि अधिकतम ४७० एक्युआईसम्म रहेको पाइयो।

जबकि २०० भन्दा माथि  एक्युआईलाई अति अस्वस्थकर र ३०० भन्दा माथिको एक्युआईलाई घातक मानिन्छ।

‘अहिले काठमाडौंको अक्सिजन घातक छ यसले आँखा, छाती र मुटुसम्बन्धी रोग निम्त्याउने खतरा रहन्छ, काठमाडाैंको आकाश खुल्न दुई/तीन दिन लाग्छ त्यति बेलासम्म बिनाकाम घरबाहिर ननिस्काैं,’ नगरकोटीले नेपालसमयसँग भनिन्।

उनले काठमाडौंको आकाशमा शनिबार र आइतबार पनि शुक्रबार जत्तिकै घातक अक्सिजन रहेने जानकारी दिइन्।

एक्यूआईको अन्तर्राष्ट्रिय मापदण्डअनुसार भने १५० भन्दामाथि अस्वस्थ मानिन्छ भने ३०० देखि ५०० सम्मको एक्यूआई घातक मानिन्छ। 

शुक्रबार काठमाडौंमा वायु प्रदूषणको मात्रा ४७० पुग्यो जुन निकै घातक मानिन्छ।

उपत्यकामा हावा चल्न नसक्दा र तत्काल पानी पर्ने सम्भावना नभएकाले हावा अझै विषाक्त रहने मौसमविद् नगरकाेटीले जानकारी दिइन्।

उनले सोमबारसम्म पश्चिमी वायुका कारण वादल लाग्ने, हावाको बहाव बढ्ने र पानी परेमात्रै मात्रै वायु प्रदूषण कम हुने बताइन्।

काठमाडौंको वायु प्रदूषणको मात्रा घातक तहसम्म पुगेको यो पहिलो पटक भने होइन।

गत पुस २० र २१ गते पनि काठमाडौंमा वायु प्रदूषणको मात्रा घातक अवस्थामा पुगेको थियो।

शुक्रबार काठमाडौंको अक्सिजनमा प्रदूषणको मात्रा ३५३ एक्यूआईसम्म रहेको पाइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालको वायुमण्डल स्थिर अवस्थामा भएकाले हावा चल्न नपाउँदा दूषित कणहरू छरिएर रहन पाएका छैनन् र ती कणहरू आकाशमा तैरिएर रहेका छन् जसको कारण प्रदूषण घट्न नसकेको हो।

माैसमविद नगरकोटीका अनुसार आज बिहान काठमाडौंकाे भिजिबिलिटी एक किलोमिटरसम्म रहेको छ।

वायु प्रदूषणका कारण काठमाडौं विश्वकै प्रदूषित सहरमध्येकै पहिलो नम्बरमा परेको छ। 

विश्वका प्रदूषित सहरमा दोस्रो नम्बरमा बंगलादेशको ढाका छ। जसको एयर क्वालिटी इन्डेक्स २१६ रहेको छ।

प्रकाशित: Mar 27, 2021| 06:25 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।