मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माधव-झलनाथ पक्षीय भेलाको निष्कर्ष : ओली प्रवृत्ति नसुध्रिए समानान्तर हिसाबले अघि बढ्ने

Siddartha premir insuranceSiddartha premir insurance

माधव-झलनाथ पक्षीय भेलाको निष्कर्ष : ओली प्रवृत्ति नसुध्रिए समानान्तर हिसाबले अघि बढ्ने

छलफलमा केन्द्रीय सदस्यहरुले पार्टीभित्र ओली प्रवृत्ति सुधार भएन भने समानान्तर हिसाबले अघि बढ्नुपर्ने धारणा राखेका छन्।
 |  बुधबार, फागुन २६, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

बुधबार, फागुन २६, २०७७

काठमाडौं- सर्वोच्च अदालतले २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपा खारेज गरिदिएको छ।

triton college

ऋषि कट्टेले आफ्नो नाममा अगाडि नै दर्ता भएको पार्टी अर्को पक्षलाई दिएको भन्दै सर्वोच्च अदालतमा २०७५ मै रिट दायर गरेका थिए। त्यसको दुई वर्षपछि सर्वोच्चले फैसला सुनायो। 

ओली-दाहाल अध्यक्ष रहेको नेकपा विभाजनको संघारमा रहेकै बेला सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पुरानै हैसियतामा फर्किएका छन्।

एमालेभित्रको माधव नेपाल र झलनाथ पक्षले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै एमालेभित्र ओली प्रवृत्तिविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

अदालतको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बुधबार माधव-झलनाथ पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेको छ। 

Metro Mart
vianet

छलफलमा केन्द्रीय सदस्यहरुले पार्टीभित्र ओली प्रवृत्ति सुधार भएन भने समानान्तर हिसाबले अघि बढ्नुपर्ने धारणा राखेका छन्। ‘हामीले समग्र परिस्थितिका बारेमा छलफल गर्‍यौँ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘नेताहरुले ओली प्रवृत्ति सुधार भएन भने समानान्तर हिसाबले जानुपर्ने सुझाव दिएका छन्।’ 

छलफलमा बोल्दै स्थायी कमिटी सदस्य बेदुराम भुसालले आफूहरुको नेतृत्व रहेको कमिटीमा त्यसको बैठक राखेर अघि बढ्नुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। 

‘हामी अब कडा रुपमा प्रस्तुत भएर अगाडि बढ्नुपर्छ। आधिकारिक कमिटी भएका ठाउँमा आफ्नो हिसाबले बैठक चलाएर जानुपर्छ,’ उनको भनाइ उधृत गर्दै ती सदस्यले भने। 

केही केन्द्रीय सदस्यहरुले एकताभन्दा अगाडिका कमिटीलाई अगाडि बढाउनुपर्ने र संवाद छलफल गर्दैबिना पूर्वाग्रह अघि बढ्नुपर्ने धारणा समेत राखे। 

‘७७ वटै जिल्लाको अवस्था के हो प्रदेशको अवस्था के हो त्यसको विवरण हेरौं र केही साथीहरुलाई जिम्मा दिएर अघि बढौं,’ अर्का एक केन्द्रीय सदस्यले भने। 

केन्द्रीय सदस्य निरादेवी जैरुले अब चुप बस्ने अवस्था नरहेको बताइन्। ‘देशभर हिजो प्रतिगमनका विरुद्ध लडेका थियौँ। आज साइबर स्यालले घरबारबिहिन भए भनेर प्रचार गरेका छन्,’ उनले भनिन्। 
सर्वोच्च अदालतले पार्टीलाई पूर्ववत रुपमा नै फर्काइदिएकाले अब अझ पार्टीलाई एकताबद्ध बनाउनुपर्ने विषयमा पनि छलफल अघि बढाइनुपर्ने केही सदस्यको धारणा थियो। 

केन्द्रीय सदस्य झपट रावलले एमाले पार्टी अस्तित्वमा आइसकेपछि पार्टीभित्र देखिएको दादागिरी प्रवृति कायम रहे सशक्त रुपमा अघि बढ्नुपर्ने बताए। 

‘एमालेका निर्वाचित नेताहरुको अपमान गर्ने र नेकपा बन्दा अस्तित्वमा आएका व्यक्तिहरुको पदलाई नै जबरजस्ती अस्तित्वमा ल्याउने प्रयास गरिएको छ,’ उनले भने, ‘यसबारे शीर्ष तहमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ।’
उनले समग्र पार्टीलाई कसरी व्यवस्थित गरेर अघि बढ्ने र वाम एकतालगायतका विषयमा छलफल भएको बताए। 
‘जनताले कम्युनिष्ट सरकार नै चाहेका छन् भन्ने पुष्टि भएको छ, त्यसैले केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी र वाम एकतालाई मजबुद कसरी बनाउने भन्ने सन्दर्भमा पनि हामीले छलफल गरेका छौं,’ उनले भने। 

बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय भएको बताए। ‘केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा हुनुहुन्छ,’ उनले भने, ‘अब कसरी पार्टी अघि बढाउने निर्णायक भूमिका पनि उहाँको नै हो।’ उनले नयाँ परिस्थितिमा नेकपा एमालेलाई अझ मजबुद बनाउन हिजोका कतिपय कुरा बिर्सिनुपर्ने बताए।

त्यस्तै पूर्ववत रुपमा नै नेकपा एमाले भइसकेपछि अब तत्काल पार्टी कमिटीका बैठक बोलाउन माग गर्नुपर्ने भेलाले निष्कर्ष निकालेको छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरु बोलाएर अघि बढ्नुपर्ने विषयमा केन्द्रीय सदस्यहरुको भेलाले निष्कर्ष निकालेको हो। 

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि पार्टीभित्रै संघर्ष गरेर ओली प्रवृत्तिविरुद्ध अघि बढ्नुपर्ने विचार राखेका थिए। 

पूर्व माओवादी केन्द्रका नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेको भन्ने विषय बाहिरीएपछि यसबारेमा पनि विधिसंगत रुपमा अघि बढ्नुपर्ने विषयमा माधव–झलनाथ पक्षले विषय उठाउने भएको छ।

समग्रमा उक्त पक्षले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षको अबको भूमिकापछि नै आगामी रणनीति बनाएर अघि बढ्ने भएको छ। आजको छलफलमा ६० जना केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो। 

प्रकाशित: Mar 10, 2021| 14:28 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।