बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो बलेफी ‘ए’ले चैतदेखि विद्युत् उत्पादन गर्दै 

माथिल्लो बलेफी ‘ए’ले चैतदेखि विद्युत् उत्पादन गर्दै 

३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन हुने भएको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं–  ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन हुने भएको छ।

सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ। 

अहिले विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको प्रबर्धक बलेफी हाइड्रोपावर कम्पनीले जनाएको छ। 

आयोजनाबाट उत्पादित विद्युत् लामोसाँघु सबस्टेसनमा जोडिने छ। ७ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुने आयोजनामा करिब ५ अर्ब रुपैयाँ बैंकले कर्जा लगानी गरेका छन्। 
 

प्रकाशित: Dec 27, 2020| 08:42 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्