बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन कर्जाको सम्बन्धमा महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

सुन कर्जाको सम्बन्धमा महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट प्रवाह भएको सुन कर्जाका सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बैंकले जनाएको छ। 

बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा विभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजाँचकीले सम्पूर्ण जिम्मेवारी लिँदै बैंकसमक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजाँचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएको बैंकको भनाइ छ ।

बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भइरहेको बैंकले बताएको छ।
                                    
                
 

प्रकाशित: Dec 27, 2020| 07:45 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्