काठमाडौं– प्रभु बैंक लिले आफ्ना मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई काठमाडाैं उपत्यकामा चल्ने सफा टेम्पोमा यात्रा गर्दा क्यूआर कोड मार्पmत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यूआर कोड सेवा प्रभु बैंक लि र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडाैं उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ । उक्त सफा टेम्पोमा यात्रा गर्ने यात्रुहरुले आफ्नाे मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यूआर कोड सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् ।