बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्तबीच मर्जरको सम्झौता

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्तबीच मर्जरको सम्झौता

मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।   
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने– गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको छ ।

मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।   

०७७ साउन ३२ गते दुई संस्था बिच गाभ्ने–गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई ०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भई ०७७ पुस १० गते गाभ्ने–गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको हो । 

उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणि जोेशीले हस्ताक्षर गरेका छन् ।
 

प्रकाशित: Dec 27, 2020| 07:42 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्