काठमाडौं- नेपालको सेयर बजार इतिहासमा हालसम्मकै ठूलो प्राथमिक सेयर (आइपीओ) आउने भएको छ। पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपओि) निष्कासनका लागि अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार आइपीओ जारीका लागि स्वीकृति दिएको हो। बैंकले प्रतिकित्ताको १०० रुपैयाँको दरले ८ करोड कित्ता अर्थात् ८ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बोर्डमा अनुमति माग्दै आबेदन दिएको थियो।
बैंकले जारी गर्न लागेको ८ करोड कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुको लागि केही छ्ट्याएर बाँकी सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
बैंकको आइपीओको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ।