बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने 

प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने 

 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला टि–२० तथा तथा पीएम कप  पुरुष ९एक दिवसीय० खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ। 

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ। 

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला टी–२० मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउने छन्। 

यस्तै काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसीय० २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्। दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछन् । 

प्रकाशित: Dec 25, 2020| 10:10 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्