बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियत कर्जा र सरल/सहज बैंकिङ् सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियत कर्जा र सरल/सहज बैंकिङ् सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरे। 

सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरूलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ।

साथै बैंकले महासंघका सदस्यहरूलाई आवश्यक अन्य बैंकिङ् सेवा सरल र सहजरूपमा उपलब्ध गराउने जनाएको छ। 

यस्तै बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरू उपलब्ध गराउने छ। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरूको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्‍याउनु रहेको बताए।

प्रकाशित: Dec 24, 2020| 16:16 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्