बिहीबार, असोज १, २०८३

स्मार्टडोकोको ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना

इकमर्स कम्पनी स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना ल्याएको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं। इकमर्स कम्पनी स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना ल्याएको छ। 

मोबाइल एप र वेबसाइटको नयाँ भर्जन अपडेट गरी पुनः लञ्च गर्ने तयारी गरिरहेको स्मार्टडोकोले सोही अवसरमा यो योजना ल्याएको हो। 

आईएमएस ग्रुपको लगानीपछि स्मार्टडोकोले मोबाइल एप र वेबसाइटको नयाँ भर्जन अपडेट गर्न लागेको हो। 

नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामान खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ।

‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजनामा ग्राहकले विभिन्न छुट पाउन सक्ने स्मार्टडोकोको भनाइ छ। 

यो योजनाअन्तर्गत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट गिफ्टकार्डको आधारमा पाउने छन्। यसमा न्यूनतम सामान खरिद मूल्य दुई हजार पाँच सयको हुनु पर्नेछ र यो अफर पहिलो भुक्तानी गर्दा मात्र लागू स्मार्टडोकोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै अन्य फ्ल्यास-सेल र अन्य अफरहरू पनि रहेको स्मार्टडोकोले जनाएको छ। 

सबै अफरहरू प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन एप अपडेट वा डाउनलोड गर्नु पर्नेछ। यो अफर २५ डिसेम्बरदेखि १ जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ।  

‘स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीे सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन् एक्सप्रेस र रिवार्ड प्वाइन्टहरूसहित भुक्तानीको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं,’ आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने, ‘स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरूले आफ्नोमूल्य र स्टक आफैं अपडेट गर्न सक्ने छन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन्।’

प्रकाशित: Dec 24, 2020| 14:29 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्