बिहीबार, असोज १, २०८३

कोरोना बीमाको १ अर्ब ५० करोडको रकम भुक्तानी 

बीमा समितिले पुस ९ गतेसम्ममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको कोरोना बीमा रकम दाबी भुक्तानी भएको जनाएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- बीमा समितिले पुस ९ गतेसम्ममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको कोरोना बीमा रकम दाबी भुक्तानी भएको जनाएको छ।

समितिले बिहीबार जारी गरेको प्रोस विज्ञप्तिअनुसार हालसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा बापत्को दाबी भुक्तानी पाएका छन्।

त्यस्तै समितिले २ हजार ६८६ जनाको बीमा दाबीको भुक्तानी प्रकृयामा रहेको जनाएको छ। त्यसैगरी ३ हजार ५५५ जनाको फाइल रुजु गराउनका लागि स्वास्थ मन्त्राचलयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको जनाएको छ।

निजी प्रयोगशालामा पीसीआर परिक्षण गरेका व्यक्तिहरुकको फाइल रुजु गराउन पठाइएको समितिले जनाएको छ। 

हालसम्म समितिले ७ हजार ४४१ वटा फाइल रुजुका लागि महाशाखामा पठाएको थियो। महाशाखाले ३ हजार ८८६ वटा फाइलको रुजु गरी भुक्तानी दिन अनुमति दिएको र थप ७४५ वटा फाइल रुजुका लागि महाशाखा पठाउने तयारी गरिरहेको समितिले जनाएको छ। 

त्यस्तै रुजुका लागि पठाइएको २ हजार ५३ वटा फाइदल भने आवश्यक कागजात नपुगेको भन्दै विभिन्न कम्पनीमा नै फिर्ता पठाएको छ। यस्तै, ७६ जनाले भने बीमा भुक्तानीको मापदण्ड पूरा नगरेको तथा दोहोरो भुक्तानी माग भएको भन्दै समितिले रद्ध गरेको छ। 

प्रकाशित: Dec 24, 2020| 11:55 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्