बिहीबार, असोज १, २०८३

२९ अंकले घट्यो नेप्से 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २९.८३ अंकले घटेको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २९.८३ अंकले घटेको छ। 

घटेको बजार २०३८.६३ विन्दुमा पुगेर रोकिएको हो। आज २०४ कम्पनीको ९८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार व्यापार १६.९७ र होटल समूहको सूचक ९३ अंकले बढेको छ। त्यसैगरी बैंकिङ १७.७६, विकास बैंक १७.३५, जलविद्युत् १७.१८, फाइनान्स ८.६२ समूहको सूचक घटेको छ। 

निर्जिवन बिमा समूह १४२.४९, उत्पादन ४३, अन्य ३६, माइक्रोफाइनान्स ३७.९५, बिमा ४३१.८७ र म्युचुअल फण्डको सूचक ०.०२ अंकले ओरालो लागेको छ। 

आज सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। समृद्धि फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन्।  
 

प्रकाशित: Dec 24, 2020| 09:46 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्