आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा कति छन् केन्द्रीय सदस्य ? नेताहरू नै अनभिज्ञ 

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेसमा कति छन् केन्द्रीय सदस्य ? नेताहरू नै अनभिज्ञ 

सबैभन्दा रोचक त केन्द्रीय समितिमा कति जना सदस्य छन् भन्नेबारे केन्द्रीय सदस्यहरु नै अनभिज्ञ देखिन्छन्।  
 |  बिहीबार, पुस ९, २०७७
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, पुस ९, २०७७

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि चलिरहेको छ। सरकारले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि रणनीति बनाउन बसिरहेको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे विवाद भइरहेको छ। 

triton college

निर्वाचनको स्वागत गर्ने वा सरकारविरुद्ध आन्दोलन गर्ने भन्ने विषयमा नेताहरुबीच ध्रुविकरण देखिएको छ। यही विषयमा बुधबारको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चर्काचर्कीसमेत भएको थियो। 

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केही रोचक दृश्यसमेत देखिएका छन्। सबैभन्दा रोचक त केन्द्रीय समितिमा कति जना सदस्य छन् भन्नेबारे केन्द्रीय सदस्यहरु नै अनभिज्ञ देखिन्छन्।  

हाल कांग्रेस केन्द्रीय समिति कति सदस्यीय छ त? भन्ने प्रश्नमा नेता गुरुराज घिमिरे अनभिज्ञता प्रकट गर्छन्। भन्छन्, ‘खै थाहा भएन, अहिले ठ्याक्कै भन्न सक्दिनँ।’ 

घिमिरे मात्रै होइन नेता प्रदीप पौडेललाई समेत केन्द्रीय समितिको एकीन संख्या थाहा छैन। ‘८५ सदस्यीय हुनुपर्ने हो। तर, अहिले थप भएका साथीहरु पनि हुनुहुन्छ। एकीन थाहा भएन,’ उनले भने। 

Metro Mart
vianet

नेताहरुले कांग्रेस केन्द्रीय समितिको संख्याका बारेमा अनभिज्ञता प्रकट गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई नेपालसमयले यही प्रश्न तेर्सायो। उनले तत्कालै जवाफ दिन सकेनन्। हेरेर जानकारी गराउने बताए। 

प्रश्न सोधिएको केही समयपछि पौडेलले जानकारी गराएको तथ्यांकअनुसार अहिले कांग्रेस केन्द्रीय समिति १२६ सदस्यीय छ। जसमध्ये १०४ जना केन्द्रीय सदस्य र २२ आमन्त्रित सदस्य रहेको पौडेलले जानकारी दिए।  

कसरी बढ्यो संख्या? 

१३औँ महाधिवेशनबाट एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष सहित ६१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। कांग्रेसको विधान २०१७ को आठौं संशोधनअनुसार सभापतिले २१ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था थियो। 

यसरी कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय हुनुपर्ने हो। तर, विभिन्न दल परित्याग गरेर आएकाहरुलाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ। सोही कारण कांग्रेस केन्द्रीय समिति १२६ सदस्यीय बनेको हो।  

कांग्रेसको विधान २०१७ को (नवौं संशोधन) मा अन्य दल परित्याग गरी आएकाहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ। 

विधानको धारा ४ (१०) को (ङ) मा भनिएको छ, ‘नेपाली कांग्रेसमा प्रवेश गरेको व्यक्तिलाई कुनै पनि तहको विशेष पद सिर्जना गरी जिम्मेवारी दिनु पर्ने अवस्था भएमा सम्बन्धित तहको सिफारिसमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गरी जिम्मेवारी दिन सक्नेछ। केन्द्रीय कार्यसमितिले त्यस्तो अधिकार मातहत निकायलाई प्रत्यायोजन गर्न सक्ने छ।’ 

विधानको यही व्यवस्थाअनुसार अन्य दल परित्याग गरी आएका १९ जना  नेतालाई केन्द्रीय सदस्य र २२ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाइएको छ।   

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकान्त्रिक फोरमसँगको एकता, नेकपालगायत अन्य दलबाट प्रवेश गरेका र राप्रपा परित्याग गरी आएका नेता कार्यकर्ताहरुलाई कांग्रेसले केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

गच्छदारलाई कांग्रेसले उपसभापति बनाएको छ भने राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापालाई  सह–महामन्त्री बनाइएको छ।  
 


 

प्रकाशित: Dec 24, 2020| 08:02 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।