बिहीबार, असोज १, २०८३

सहकारी बैंकले ७.५ प्रतिशत ब्याजमा कर्जा दिने 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७.५ प्रशित कायम गरेको छ। सो कर्जा पुस १० गतेदेखि लागू हुने बैंकले जनाएको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७.५ प्रशित कायम गरेको छ। सो कर्जा पुस १० गतेदेखि लागू हुने बैंकले जनाएको छ।

गत भदौदेखि नै बैंकले आफ्नो कर्जाको ब्याजदर एक अंकमा झारेको थियो। बैंकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै व्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको थियो। 

बैंकले कर्जाको न्यूनतम ब्याजदर तोकेसँगै ४ प्रकारका लोनको प्रडक्ट पनि तयार पारेको छ।  सबल सहकारी कर्जा, गरिबी निवारण कर्जा, अल्पकालिन व्यावसायिक कर्जा र व्यावसायिक किस्ताबन्दी कर्जामा बैंकले न्यूनतम ७.५ प्रतिशतदेखि ९.५ प्रतिशतसम्म ब्याज लिने जनाएको छ। बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन।     

बैंकले सेवा शुल्क पनि घटाएर ०.५ प्रतिशत कायम गरेको छ। सहकारी क्षेत्रको कुनै पनि संघसंस्थाले ब्याजका कारण कर्जाको लागि अन्य निकायमा जानुपर्ने अवस्था हटाउने र संरक्षित पुँजी फिर्ता कोषको फाइदा र महत्व अनुभूति गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए। 

बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाखभन्दा बढी रकम भुक्तानी गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए। 
     

प्रकाशित: Dec 24, 2020| 07:19 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्