बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • झापाको गौडामा सन‍‍्‍‍राइज बैंकको शाखारहित बैकिङ् सेवा

झापाको गौडामा सन‍‍्‍‍राइज बैंकको शाखारहित बैकिङ् सेवा

सन‍‍्‍‍राइज बैंक लिमिटेडले झापाको बुद्धशान्ति गाउँपालिका-६, शान्तिनगर गौंडामा शाखारहित बैंकिङ् सेवाको सुरुआत गरेको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं। सन‍‍्‍‍राइज बैंक लिमिटेडले झापाको बुद्धशान्ति गाउँपालिका-६, शान्तिनगर गौंडामा शाखारहित बैंकिङ् सेवाको सुरुआत गरेको छ।

यससँगै बैंकका शाखारहित बैंकिङ् सेवा संख्या ५६ पुगेको छ।

बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ् सेवाअन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ।

यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने बैंकको भनाइ छ। 

हालसम्म सन‍‍्‍‍राइज बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ् सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Dec 23, 2020| 13:39 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्