बिहीबार, असोज १, २०८३

राजनीतिक घटनाक्रमले सशंकित भएका छौं : निजी क्षेत्र 

पछिल्लो राजनीतिक घटनाक्रमले सशंकित बनाएको निजी क्षेत्रका विभिन्न संस्थाहरूले बताएका छन्।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमले सशंकित बनाएको निजी क्षेत्रका विभिन्न संस्थाहरूले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले आफूहरूलाई चिन्तित बनाएको बताएका हुन्। 

राजनीतिक घटनाक्रमको आर्थिक विकाससँग सम्बन्ध हुने भएकोले उत्पन्न राजनीतिक परिस्थितिले थप अन्योलता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

तीन संस्थाले मुलुक र आर्थिक विकासलाई ध्यानमा राखेर संयमतापूर्वक निर्णय लिन राजनीतिक दलहरूसमक्ष अनुरोध पनि गरेका छन्। 

कोरोना महामारीले अर्थतन्त्रमा गम्भीर असर पारेको बेला देखिएको राजनीतिक उतारचढावले उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुने पनि निजी क्षेत्रले जनाएको छ। 

यसले अर्थतन्त्रलाई मात्रै नभएर आमजनताको जीविकोपार्जनमा समेत गम्भीर असर पर्ने निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।
 

प्रकाशित: Dec 23, 2020| 11:36 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्