बिहीबार, असोज १, २०८३

७ अंकले बढ्यो नेप्से

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.०४ अंकले बढेको छ। 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.०४ अंकले बढेको छ। 

२०९४.२८ बाट सुरु भएको बजार २० मिनेटपछि २१२६ मा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लागेको बजार २०६८.४५ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०३ कम्पनीको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बैंकिङ समूहको सूचक २४.२७ अंकले बढेको छ। त्यसैगरी जीवन बिमा समूह ३९३ र म्युचुअल फण्ड ०.०७ अंकले उकालो लागेको छ। 

अन्य समूहको सेयर घटेको छ। व्यापार १०.८२, होटल १८, विकास बैंक १७.७६, जलविद्युत् २२, फाइनान्स ६.६३, निर्जिवन बिमा ५३ अंकले ओरालो लागेको छ। 

त्यस्तै उत्पादन २४.६५, अन्य ३६ र माइक्रोफाइनान्स ३०.९० अंकले घटेको छ। 

आज नबिल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले बढी गुमाएका छन्।  
 

प्रकाशित: Dec 23, 2020| 09:27 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्