काठमाडौं– बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार तोकिएको छ। मंगलबार ९४ हजार ९०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँले ओरालो लागेको छ। मंगलबार ९४ हजार ४०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० तोकिएको छ।
चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ। मंगलबार एक हजार ३१५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २६५ कायम भएको छ।