काठमाडौं– मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ ।
यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैयाँको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।
माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिट कार्ड वाहकले तत्काल आईफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शून्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सक्ने छन् ।
गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिने कम्पनीले जनाएको छ ।
रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आईफोन १२ जित्ने पनि व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ ।