बिहीबार, असोज १, २०८३

क्लब हिमालय नगरकोटमा क्रिसमस स्पेसल अफर

 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले ‘क्रिसमस एबोभ द क्लाउड्स स्पेसल’ अफर ल्याएको छ ।

विशेषगरी नेपाली र नेपालमा बसिरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजारमा एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाइ गर्न सक्नेछन् ।

अफरअन्तर्गत ९ गते एक जोडी पाहुनाको लागि ४ कोर्सका क्रिसमस स्पेसल डिनर, १० गतेको लागि ब्रेकफास्ट, हट चक्लेट र कुकिज समावेश गरिएको होटलले जनाएको छ । थप एक रात फ्रि मा कोठा उपलब्ध हुनेछ, जसमा खाना समावेश गरिएको छैन । 

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको बताएको छ ।
 

प्रकाशित: Dec 23, 2020| 05:47 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्