बिहीबार, असोज १, २०८३

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

काठमाडौं– नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२ औं बैठकले बैंकको आ.व. २०७६–७७ को मुनाफा मध्येबाट शेयरधनीलाई कर सहितको ३५.२६ प्रतिशत लाभांश (३३.५ प्रतिशत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले आ.व. २०७६–७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पुर्याएको जनाएको छ । बैंकको संचालन मुनाफा रु. ५ अर्ब ९ करोड रहेको छ । 

आ.व. २०७५–७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । 
 

प्रकाशित: Dec 23, 2020| 05:43 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्