बिहीबार, असोज १, २०८३

९५ अंकले बढ्यो नेप्से 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेको छ। 

बढेको बजार २०६१.४१ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स १५.१८ अंकले बढेर ३९१.७४ विन्दुमा उक्लेको छ। 

२०५ कम्पनीको १ करोड २७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख बढीको कारोबार भएको छ। 

मंगलबार सबै समूहको सूचक बढेको छ। बैंकिङ ७०.९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, फाइनान्स २५.८ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, माइक्रोफाइनान्स १०७.०५, जीवन बिमा ९५०.९५ र म्युचुअल फण्डको सूचक ०.०८ अंकले बढेको छ। 

आज शेखर इन्स्योरेन्सका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा परेका छन् भने नारायणी विकास बैंकका लगानीकर्ता बढी गुमाउनेमा परेका छन्।   
 

प्रकाशित: Dec 22, 2020| 10:02 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्