बिहीबार, असोज १, २०८३

माछापुच्छ्रे बैंक र गंगालाल अस्पतालबीच सम्झौता

 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– माछापुच्छ्रे बैंक र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणि अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ । 
 

प्रकाशित: Dec 22, 2020| 07:54 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्