बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नविलले घोषणा गर्यो ३५.२६ प्रतिशत लाभांस, बाणिज्य बैंकहरूमा सबैभन्दा बढी

नविलले घोषणा गर्यो ३५.२६ प्रतिशत लाभांस, बाणिज्य बैंकहरूमा सबैभन्दा बढी

नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नविल बैंकले ३५.२६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ। 

सोमबार बसेको सञ्चालक समितिको ५५२ औँ बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने निर्णय गरेको हो। 

नविल बैंक गत आर्थिक बर्षको नाफाबाट बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी लाभांस दिने बैंक बनेको छ। 

कोभिड १९ का कारण बैंकले नगद लाभांसलाई प्राथमिकतामा नराखी पुँजी बृद्धिका लागि बोनस सेयर दिएको हो। 

बैंकलाई आफ्नो व्यसाय विस्तारका लागि पुँजी चाहिने भएकोले पनि बैंकले बोनस सेयरमा जोड दिएको जनाएको छ।  

बैंकको अहिले चुक्तापुँजी १० अर्ब नौ करोड रुपैयाँ छ। बोनस सेयरपछि बैंकको चुक्तापुँजी तीन अर्ब ३८ करोडले बढेर १३ अर्ब ४७ करोड पुग्ने छ। 

जगेडा कोषमा बैंकको १६ अर्ब ८७ करोड रुपैयाँ छ। सो लाभांस साधारणसभाबाट पास भएर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीहरूले पाउनेछन्। 

बैंकले गत आर्थिक वर्षमा तीन अर्ब चार करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा गरेको छ।

त्यस्तैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि आफ्ना सेयरधनीहरूलाई क्रमशः ११.५ र ८.२५ प्रतिशत  लाभांस दिने निर्णय गरेका छन्। 

लक्ष्मी बैंकले नौ प्रतिशत बोनस र कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ भने सनराइज बैंकले ५.८ प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांस दिने निर्णय गरेको हो। 

त्यस्तै नेपाल एसबीआई बैंकले पनि आफ्ना सेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांस दिने निर्णय गरेको छ। बैंकले ६ प्रतिशत बोनस र ३.४६ प्रतिशत नगद लाभांस दिने बैंकले जनाएको छ। 

बैंकले आगामी साधारणसभाबाट उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्तिमा जाने अख्तियारी साधारणसभाबाट सञ्चालक समितिमा दिने प्रस्ताव पनि राखिएको छ। 

प्राइम लाइफ इन्स्योरेन्सले पनि १५ प्रतिशत लाभांस दिने जनाएको छ। बैंकले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयरको प्रस्ताव साधारणसभामा लैजाने जनाएको छ। 
 

प्रकाशित: Dec 22, 2020| 06:06 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्