बिहीबार, असोज १, २०८३

९६ अंकले घट्यो नेप्से, कारोबार भने ९ अर्ब ४ करोड  

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९६.८८ अंकले घटेको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९६.८८ अंकले घटेको छ। 

सूचक घटे पनि कारोबार रकम भने ९ अर्ब ४ करोड ७९ लाख बढी पुगेको छ। आज १९८ कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। 

आज सबै समूह ओरालो लागेका छन्। बैंकिङ समूहको सूचक ४४.३३, व्यापार ८६.४२, होटल ५१.९७, विकास बैंक ८०.९२, फाइनान्स २०.५३ अंकले घटेको छ। 

त्यस्तै जलविद्युत् ११०.४१, निर्जिवन बिमा ५२९.९९, उत्पादन १४०.२४, अन्य १३९.५१, बिमा ६६९.६१ र म्युचुअल फण्डको सूचक ०.११ अंकले ओरालो लागेको छ। 

आइतबार यूनाइटेड मर्दी जलविद्युत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन्।  

प्रकाशित: Dec 20, 2020| 10:00 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्