बिहीबार, असोज १, २०८३

इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने

 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

आइतबार (आज) बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाइ वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 

 

बैंकले सेयरधनीलाई ०७७ असार मसान्तमा कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत गरी ५.५ प्रतिशत नगद लाभांश गरी १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

प्रकाशित: Dec 20, 2020| 08:58 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्