काठमाडौं- पोको एक्स ३ एनएफसी नेपालमा सार्वजनिक गरिएको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ पोको एक्स ३ नेपालमा सार्वजनिक गरेका हुन्।
क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७०० सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी डेब्यू गर्दै पोको एक्स ३ एनएफसीले अविस्मरणीय प्रदर्शन गर्ने उनले बताए। फोनको १२० हर्ट्ज प्लस २४० हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२ जी मा चल्दै पोको एक्स ३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । फोनमा क्रायो ४७० अक्टा-कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिंग सिरिज जीपीयूमा आधारित वास्तुकला रहेको जनाइएको छ ।
“स्थिर अपरेसन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्छ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु-तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ,” कम्पनीले भनेको छ ।
६४ एमपी एआई क्वाड क्यामेरा, ५१६० एमएएच र ३३ वाट फास्ट चार्जिंग रहेको जनाइएको छ । पोको एक्स ३ एनएफसी ६जीबी प्लस १२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लु कलर भेरियन्टमा ३२ हजार रुपैयाँमा उपलब्ध छ ।