काठमाडौं– ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधासम्बन्धी सम्झौता नवीकरण भएको छ ।
उक्त सम्झौतापत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटीवापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क जम्मा गर्न मिल्नेछ ।
त्रि.वि.का विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ ।
यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिनेदिने लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुनेछ ।