बिहीबार, असोज १, २०८३

कारोबार खुलेको एक घण्टामै नेप्सेमा पहिरो

साताको पहिलो दिन आज आइतबार बजार खुल्नेबित्तिकै सेयर बजारमा पहिरो गएको छ।
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- साताको पहिलो दिन आज आइतबार बजार खुल्नेबित्तिकै सेयर बजारमा पहिरो गएको छ।

संसद् विघटनको समाचार आउनेबित्तिकै बजार ओरालो लागेको हो। 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेपछि त्यसको असर सेयर बजारमा परेको हो। 

कारोबार सुरु भएको एक घण्टामा करिब ५६ अंकले घटेर १९ सय ७७ अंकमा झरेको छ। कारोबार भने साढे २ अर्बभन्दा बढीको भइसकेको छ।
 

प्रकाशित: Dec 20, 2020| 06:26 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्