बिहीबार, असोज १, २०८३

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्।  
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्।  

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेका समस्याहरू समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

साथै पुँजीबजारको विकासका लागि चालू वर्षको बजेटमा उल्लेखित कार्यहरू समयमा नै सम्पन्न गर्न पनि उनले निर्देशन दिए। 

उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिएका छन्।  

बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो।         

प्रकाशित: Dec 18, 2020| 14:05 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्